Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
दाङ्ग- नेकपा एमालेका नेता केपी शर्मा ओलीले नेपाली नागरिकले चाहेमा अबको प्रधानमन्त्री आफु बन्ने दावी गर्नुभएको छ । दाङमा भएको कार्यक्रममा ओलीले अवसर दिएमा आफू सरकारको नेतृत्व गर्न तयार रहेको स्पष्ट पार्नुभयो । आफूहरु राष्ट्रिय सहमतिको सरकारको पक्षमा रहेको भन्दै उहाँले सहमतीय सरकार बन्न नसके बहुमतीय सरकार पनि बन्न सक्ने बताउनुभयो ।
जनसत्ताको कामलाई वैधता दिने निर्णय गरेर सरकारले आफ्नो आयु आफै छोट्याउने काम गरिरहेको दावी गर्दै ओलीले त्यो निर्णय तत्कालै फिर्ता हुनुपर्ने जिकिर गर्नुभयो । पार्टीभित्र भएको एकताको बिषयमा पत्रकारले सोधेको प्रश्नको ठट्यौली जवाफ दिँदै उहाँले अध्यक्ष झलनाथ खनालले भने जस्तै पार्टी भित्र भावनात्मक एकता भैसकेको दावी गर्नुभयो ।
तपाईको प्रतिक्रिया