Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

दुबई । प्रवासी नेपालीहरुप्रति परिआउने समस्याको समाधान तथा पूर्खादेखि चलिआएको आफ्नो रितीरिवाजलाई उत्थान गर्ने हेतुले सन् २००५ मा स्थापना गरेको मगर संघ युएइले निरन्तरता दिदै आउने क्रममा नुनप्रसाद सोमैलाई छैठौं अध्यक्षको रुपमा पाएको छ ।

गत २७ जनवरी २०१२ का दिन दुबईको याक एण्ड यति नेपाली रेष्टुरेण्टमा भएको मगर संघ युर्एइको बिशेष अधिवेशनले नुनप्रसाद सोमैलाई अध्यक्षको पदमा नियुक्ती गरेको छ । अध्यक्ष पूर्णबहादुर थापा स्वदेश नेपाल फिर्ता गएको हुनाले रिक्त रहेको अध्यक्ष पदको लागि बिशेष अधिवेशन गरेको हो ।

उक्त अधिवेशनको अध्यक्षता नुनप्रसाद सोमैले गर्नुभएको थियो भने प्रमुख अतिथिको आसनमा नेपाली समाचार पाक्षिकका प्रधानसम्पादक लालबहादुर ढेंगा रहनुभएको थियो । त्यस्तैगरी अधिवेशनलाई केन्द्रीय प्रवक्ता खुमबहादुर आलेले संचालन गर्नुभएको थियो ।

परिचयत्मकबाट थालनी भएको अधिवेशनमा सबैले आ-आफ्ना विचारहरु राखेका थिए भने आगामी २४ फेब्रुअरी २०१२ मा हुने ३० औं मगर दिवसको बारेमा पनि चर्चा परिचर्चा गरिएको थियो । साथै ३० औं मगर दिवसलाई भव्य रुपमा सफल पार्नको लागि सम्पूर्ण कार्यकर्ताहरु सशंक्त रुपमा लाग्नुपर्नेमा पनि जोड दिएका थिए ।

नवनियुक्त भएका अध्यक्ष नुनप्रसाद सोमैलाई विभिन्न क्षेत्रबाट आउनुभएका क्षेत्रीय प्रतिनिधिहरु र विभिन्न पदाधिकारहिरुले आगामी कार्यकालको लागि शुभकामना दिएका थिए । वक्ताहरुले उहांले विगतदेखि मगर संघलाई दिएको योगदानलाई मूल्याकंन गर्दै आगामी दिनहरुमा पनि निरन्तरता दिनेमा आग्रह समेत गरेका थिए । ***

तपाईको प्रतिक्रिया