मकवानपुर- नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले मुलुकमा प्रतिगमनको खतरा बढेको बताउनुभएको छ । शनिबार हेटौडामा अखिल नेपाल महिला संघको मध्यमाञ्चलस्तरीय कार्यक्रमको उद्घाटन गर्दै भण्डारीले संक्रमणकालको फाईदा उठाएर प्रतिगमन हुने खतरा बढेको बताउनुभयो ।
नेतृ भण्डारीले संक्रमणकाल अन्त्य गरी छिटो शान्ति र संविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । प्रहरीका उच्च अधिकृतले नै श्रीमतीको हत्या गर्नुले शान्ति सुरक्षा र बाँच्न पाउने अधिकार सम्म नभएको नभएको र यसतर्फ सरकारले ध्यान नदिएको गुनासो गर्नुभयो ।
एमाले नेता काशीनाथ अधिकारीले माओवादीका कारण शान्ति र संविधानमा समस्या भएको बताउनुभयो ।