Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
बारा- नेपाली कङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहले प्रधान मन्त्री बाबुराम भट्टराईलाई सरकारमा बसिरहन नैतिकताले पनि नदिने बताएका छन् । उनले कथित जनसत्ताका नाममा पारित भएका घरजग्गालाई सरकारले मान्यता दिएर गैरसंवैधानिक तथा गैरकानुनी काम गरेको पनि बताए ।
बाराको अमलेखगन्जमा आयोजित ल्होछार कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले अख्तियारको दुरुपयोग गरिरहेकाले वर्तमान सरकारलाई नैतिकताले पनि नेतृत्‍व गर्न नदिने बताएका हुन् ।
उनले एकीकृत माओवादीले संविधान निर्माणका क्रममा मिलिसकेका कुरालाई पनि बखेडा झिकेकाले संविधान समयमै नबन्ने शङ्का उत्‍पन्न गराएको बताएका छन् ।
नेता सिंहले माओवादीको आन्तरिक द्वन्द्वले शान्ति र संविधान धरापमा परेकोसमेत उल्लेख गरे ।
तपाईको प्रतिक्रिया