Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- संविधान लेखनमा भएको ढिलाइबारे छलफल गर्न आज बैठक बस्दै छ ।
संविधान लेखनमा देखिएका विवाद यथावत रहेकाले त्यसबारे छलफल गरी काम अगाडि बढाउन संवैधानिक समितिका सभापति निलाम्बर आर्चायले आज बैठक बोलाएका हुन् । दिउँसो  १२ बजे संविधानसभा सचिवालय सिंहदरबारमा बस्ने बैठकमा शीर्ष दलका  नेताहरु सहभागी हुनेछन् ।
भोलि परिमार्जित कार्यतालिका सकिन लाग्दा पनि दलहरूबीच विवादित बुँदाहरु टुंगिन नसकेकाले बैठक बोलाइएको हो । बैठकमा संविधानसभाको कार्यतालिका परिमार्जन पछि थप गरिएको समय सकिनु अघि नै के–के कुरामा सहमति गर्न सकिन्छ भन्ने बारेमा गम्भीर छलफल हुनेछ ।
विवादित विषयमा माघ १६ गतेदेखि २० गतेसम्म संविधानसभामा मतदान गर्ने तयारी भइरहेको छ । विवाद समाधान उपसमितिले सहमति गरेका कतिपय विषयहरु पनि संवैधानिक समितिमा पुगेर उल्टिएपछि पछिल्लो समय संविधान लेखनको काम अवरुद्ध रहँदै आएको छ ।
तपाईको प्रतिक्रिया