आइतबार, फाल्गुण १३, २०८०
Sunday, February 25, 2024
काठमाडौं-  विवाह समारोहका लागि भन्दै भारत गएका पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय कङ्ग्रेस आईकी अध्यक्ष सोनिया गान्धीसँग भेट्ने भएका छन् ।
सोनियासँगको भ्रमण कार्यक्रम तय भएपछि शुक्रबारको आउने कार्यक्रम रद्द भयो । भारतीय नेताहरुसँग राजनीतिक भेटवार्ता गर्ने योजनामा रहेका उनलाई समय नमिलेपछि शुक्रबार आउने तालिका एक साताका लागि सरेको बताइएको छ ।
आफन्तको बिहेको निम्तो मान्न करिव तीन साता अघि ज्ञानेन्द्र भारत गएका थिए । ज्ञानेन्द्रका सहयोगीहरुले भाजपा नेता लालकृष्ण आडवाणी, कांग्रेस नेता दिग्बिजय सिंह लगायत केही भारतीय नेतासँग भेटवार्ताको समय मिलाइसकेका छन् ।
ज्ञानेन्द्रले कांग्रेस नेता करण सिंह र गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीसँग भने भेट गरिसकेका छन् । सिंह दोस्रो जनआन्दोलनका बेला दल र राजावीच सम्बाद गराउन काठमाण्डौं आएका थिए ।

तपाईको प्रतिक्रिया