Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- आज श्री श्रीपञ्चमी, देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै छ ।
सरस्वती पूजाकै अवसरमा आज काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारा, ललितपुरको लेले, लाजिम्पाट र मुलुकभरका सरस्वती मन्दिरमा सरस्वतीको पूजा गर्नेको घुईंचो लागेको छ । आजको दिन सरस्वती पुजा गरे विद्या, वुद्धि, र ज्ञान प्राप्त हुने जनविश्वास छ ।
चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरु भारती, शारदा, हंसवाहिनी, जगत्माता, वागेश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले पुकार्ने गर्छन् । आज स-साना नानीहरुलाई अक्षारम्भ गराउने चलन पनि छ । आजैका दिनदेखि वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ँवसन्त पञ्चमी’का रुपमा पनि मनाउने गरिन्छ ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, संगीतकार, शिक्षक र विद्यार्थीहरु आज आ-आफ्ना कला-साधनाका वस्तुलाई सरस्वतीका रूपमा पूजा गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा सरस्वतीको आराधना गर्दछन् ।
यसैगरी जनकपुरको जानकी मन्दिर, विद्यापति चोक र शहिद चोकमा माटोका आकर्षक मूर्ति बनाई सरस्वतीको पूजाआजा गरिन्छ । मिथिला क्षेत्रमा किसानहरु आज आँगन लिपपोत गरी हलोको पूजा गर्ने गर्दछन् । आजको दिन हलो र गोरुको पूजा गरे अन्नबाली राम्रो हुने जनविश्वास पनि छ । राष्ट्रपति डाक्टर रामबरण यादवले आजै राजधानीको बसन्तपुरमा बसन्त श्रवण गर्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया