Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
टोकियो- विश्वभर कार र इलेक्ट्रोनिक्स सामानको प्रमुख निर्यातकर्ताका रूपमा चिनिएको जापानमा तीन दशकपछि पहिलो पटक व्यापार घाटा भएको छ ।
वित्त मन्त्रालयका अनुसार २०११ मा व्यापार घाटा ३२ अर्ब अमेरिकी डलर बराबर भएको हो । त्यस अवधिमा जापानको आयात १२ प्रतिशतले र निर्यात २ दशमलव ७ प्रतिशतले घटेको थियो ।
२०११ को मार्चमा आएको सुनामी र भूकम्पका कारण निर्यात व्यापारमा असर परेको छ । प्राकृतिक प्रकोपपछि टोयोटा मोटर र सोनी लगायत कम्पनीको कारखानामा क्षति पुग्नुका साथै वितरण प्रणालीमा असर पुगेको थियो ।
उत्पादकले थाइल्यान्डमा आएको बाढीका कारण विभिन्न वस्तु समयमै आयात गर्न सकेनन् भने डलरको तुलनामा स्थानीय मुद्रा येन बलियो भएकाले पनि समस्या बढेको छ । डलरको तुलनामा येन बलियो हुन थालेपछि उत्पादनको लागत बढ्नुका साथै मूल्य पनि बढ्छ ।
विश्वव्यापी रूपमा देखिएको मन्दीका कारण युरोप र अमेरिकाका लगानीकर्ताले येनको खरिद बढाएका छन् । जसका कारण यसको अधिमूल्यन (मूल्यवृद्धि) भएको हो ।
यस्तो अवस्थाले जापानको निर्यातलाई दक्षिण कोरिया र अन्य एसियाली मुलुकको तुलनामा कमजोर बनाइरहेको विशेषज्ञले बताइरहेका छन् ।
तपाईको प्रतिक्रिया