Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– राजधानीमा ग्यास अभाव यति चरम विन्दुमा पुगेको छ कि सत्तारुढ माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन वैद्यको घरमा पनि दुई दिन खाना पाकेन ।
उनीपक्षीय नेता हितमान शाक्यले संसदीय समितिमा जानकारी दिएपछि ग्यास विक्रेता महासंघका महासचिव महेश्वर श्रेष्ठले एक सिलिण्डर ग्यास पठाएका छन् । ‘बल्ल बल्ल एक सिलिण्डर पठाइएछ,’ शाक्यले भने, ‘तर कति दिन धान्ला र ?’
अर्को सत्तारुढ मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का नेता अकवाल अहमद साहले पनि ग्यास अभावमा बच्चालाई चिया बिस्कुट होटलमै खुवाउन थालेका छन् ।
ग्यासमा ‘सर्टेज’ भएको भन्दै होटलहरुले पनि चिया खाजामा १० देखि ३० प्रतिशत भाउ बढाएका छन् ।
तपाईको प्रतिक्रिया