Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक २५, २०८१
Sunday, November 10, 2024
गुलरिया- भारतीय वन सुरक्षाकर्मीको सहयोगमा स्थानीयले सीमापार सामान खरिद गर्न गएका चार नेपालीलाई भारतीय सीमा बलले गाउँमै बन्धक बनाएको छ ।
स्थानीय जमुनी गाविस ८ डाँफेका मानबहादुर बुढा, पूर्णबहादुर कार्की र भरत तेम्जुङ राईलाई शुक्रबार भारतीयले बन्धक बनाइराखेको प्रहरीले जनाए । अर्का एक नाम नखुलेका डाँफेका नेपाली नागरिक भारतीय जंगलमा घाँस काट्दै गरेका अवस्थामा समातेर लगेको प्रहरी उपरीक्षक रामकृपाल शाहले बताए ।
भारतीय वनरक्षकले नेपाली भूमि अतिक्रमण गर्दै सीमामा डोजर लगाई खाडल बनाउँदै गरेकोमा डाँफेका युवाले विरोध गरेका थिए । त्यस क्रममा द्विपक्षीय कुटाकुट भएपछि प्रतिरोधमा भारतीय नागरिकले बलै गाउँमा उनीहरूलाई बन्धक बनाएका हुन् । कुटाइबाट नेपाली र भारतीय ९ जना सामान्य घाइते भए । उनीहरूले कुटपिटमा संलग्नलाई नबुझाएसम्म नछाड्ने बताएका छन् ।
बिहानैदेखि नेपाल-भारत सीमामा आउजाउ गर्न भारतीयले रोक लगाएको छ ।
गत फागुन ५ गते भारतीय सुरक्षाकर्मीले चोरी सिकार गरेको आरोपमा जमुनीका हर्कबहादुर शाहीलाई नेपाली भूमिबाट बेपत्ता बनाएका थिए । अहिलेसम्म उनको अवस्था अज्ञात छ । भारतीय सुरक्षाकर्मीले शाहीलाई मारेको आशंका स्थानीयले गरेका छन् ।
तपाईको प्रतिक्रिया