Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025
काठमाडौं– जापानमा पहिलोपटक नेपालीको लगानीमा सञ्चालनमा आएको जापान मनि एक्सप्रेस (जेएमई) ले उपहार योजना सार्वजनिक गरेको छ ।
काठमाडौंको दरबारमार्गस्थित शेर्पामलमा शुक्रबार एक विशेष कार्यक्रम आयोजना गरी जेएमईले उपहार सार्वजनिक गरेको हो । उपहार योजना अन्तर्गत नेपालमा रेमिट्यान्स पठाएर काठमाडौं कलङ्कीका सुमन थापा र लमजुङ बागलुङपानी– ९ कि प्रिया गुरुङ पुरस्कृत भए । थापाले मोटरसाइकल र गुरुङले स्कुटर जितिन् ।
सुमन थापाले सन् २०११ डिसेम्बर १४ मा २ लाख रुपैयाँ नेपाल पठाएका थिए भने गुरुङले २०११ अक्टोबर १४ मा १८ हजार ९२ रुपैयाँ नेपाल पठाएकी थिइन् । सुमनको सदस्यता नम्वर ५१७ र प्रियाको १७६ हो । जेएमईले सन् २०११ सेप्टेम्बरदेखि डिसेम्बर ३१ सम्म रेमिट्यान्स पठाउनेलाई पुरस्कृत गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गायक हेमन्त शर्मा, कलाकारद्वय केशव भट्टराई र मुकुन्द श्रेष्ठले पुरस्कृत घोषणा गरेका हुन् ।
कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष राजकर्णिकारले नेपालको अर्थतन्त्र धान्न टेमिट्यान्स प्रमुख स्रोत भएको बताए । उनले हरेक कम्पनीका लागि आफ्ना ग्राहक भगवान सरह हुने भन्दै जेएमईको कार्यको प्रशंसा गरे ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत डीपी अर्यालले आफ्ना ग्राहकहरुको सहभागितामा कार्यक्रमहरु गर्दै लैजाने जानकारी दिए । उनले जेएमईले उपलब्धिमुलक क्षेत्रमा लगानी गर्दै लैजाने प्रतिबद्धता जनाए ।
जेएमईका अध्यक्ष दीपेन्द्र जोशीले पुरस्कृतद्वय थापा र गुरुङलाई बधाई दि एभने गायक शर्माले ‘माया त यस्तो हो, जेएमई जस्तो हो…..’ भन्दै गीत गाए ।
तस्बिरः नरेन्द्र उपाध्याय

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया