Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
नेपालगञ्ज- राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकीकृत नेकपा माओवादीलाई सत्ता कब्जा गर्न काँग्रेस र एमालेले सहयोग गरेको आरोप लगाउनुभएको छ । राप्रपा नेपालले शुक्रबार नेपालगञ्जमा गरेको कार्यक्रममा थापाले सत्ता कब्जाका लागि कांग्रेस र एमालेले माओवादीलाई मलजल गरेको टिप्पणी गर्नुभयो ।
कांग्रेस र एमालेले जग्गा कव्जाको विषयमा विवाद गर्नु जायज नभएको थापाको तर्क छ । कांग्रेस र एमालेले सिङ्गो घर सुम्पेर त्यसभित्रको बाकसका विषयमा विवाद गरेको थापाले टिप्पणी गर्नुभयो । कुशासन र भ्रष्टाचार ढाकछोप गर्न सरकारले सुशासन सम्बन्धी कार्ययोजना अगाडि सारेको टिप्पणी गर्दै थापाले दिनगिन्ती सुरु भएको सरकारले दीर्घकालीन र महत्वाकांक्षी योजना ल्याउन नहुने बताउनुभयो ।
चार महिनामा संविधान र शान्ति निर्माण टुङ्गिन्छ भन्नेमा आश गर्नुपर्ने तर भर पर्न नहुने उहाँले बताउनुभयो ।
तपाईको प्रतिक्रिया