Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं-  माओवादी लडाकुको रेखदेख,समायोजन र पुनःस्थापना सम्बन्धी विशेष समितिले स्वैच्छिक अवकास रोजेका लडाकुहरुलाई बिदाई गर्न तीन दिन भित्र प्रक्रिया थाल्ने भएको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले लडाकुलाई बिदाई गर्ने प्रक्रिया तत्काल थाल्न आफ्नो सचिवालयलाई निर्देशन दिएको छ ।
यसअघि पुस १७ गते बसेको बैठकले २० दिन भित्र बिदाई गरिसक्ने गरी प्रक्रिया थाल्न सात दिनको समय निर्धारण गरेको थियो । तर उक्त प्रक्रिया अगाडि बढ्न सकेको थिएन । बैठकले पूरानै निर्णयलाई कार्यान्वयनमा जोड दिएको छ ।
बैठकपछि माओवादी नेता तथा अर्थमन्त्री वर्षमान पुनले बिदाई प्रक्रिया तत्काल थाल्न भएको सहमति अनुसार सचिवालयलाई निर्देशन दिइएको बताए । ७ हजार ३ सय ६५ जना लडाकुले स्वैच्छिक अवकास रोजेका छन् । तीनलाई दर्जा अनुसार ५ लाखदेखि ८ लाख रुपैयाँ प्रदान गरिने भएको छ ।
तपाईको प्रतिक्रिया