Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- सडक पेटीमा व्यापार गर्न रोक लगाईएपछि व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् । आफुहरुलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गर्दै उनीहरुले आजदेखि चरणबद्ध आन्दोलन गर्ने भएका छन् ।
सडक पेटीमा हुने व्यापारका कारण पैदल यात्रु र गाडीको आवतजावतमा समस्या परेको भन्दै सुन्धारा, रत्नपार्क, पुरानो बसपार्क, जमल, बल्खु लगायतका क्षेत्रमा सडक पेटीमा व्यापार गर्ने व्यापारीहरुलाई पुस ७ गतेदेखि काठमाडौं महानगरपालिकाले हटाएको थियो ।
आफुहरुलाई कुनै विकल्प नदिई बलपूर्वक हटाईंदा रोजीरोटी गुमेकाले तत्काल व्यापार गर्ने ठाउँको व्यवस्था गर्न व्यापारीहरुले माग गरेका छन् । नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष नारायण न्यौपानेले अस्थायी र स्थायी विकल्प बारे महानगरमा प्रस्ताव गरेपनि निर्णय गर्न ढिलाई भएको बताउनुभयो ।
तत्कालका लागि टुँडिखेलको वरिपरि एक लाईन तथा बागबजार, टुकुचा आसपासका भित्रि सडक तथा चत्रपथका विभिन्न क्षेत्रमा अस्थायी रुपमा राख्ने र पुराना बसपार्कमा महानगरपालिकाले निर्माण गर्ने योजना बनाएको व्यापारीक भवनमा पनि ठाउँ दिई दीर्घकालिन समस्या समाधान गर्न सकिने प्रस्ताव सहितको मागपत्र महानगरमा बुझाईएपनि कुनै जवाफ नआएको उहाँले बताउनुभयो ।
काठमाडौं महानगरपालिकाले भने सडक व्यापारीहरुको समस्या स्थायी रुपमा समाधानका लागि आवश्यक गृहकार्य भईरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया