Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले धुलिखेलमा तीन दिन बिताएर सुशासन र आर्थिक विकास र समृद्धिको तत्कालिन कार्ययोजना सार्वजनिक गरे ।
सार्वजनिक कार्ययोजनामा गैर आवासीय नेपाली (एनआरएन)का लागि पनि दायित्व तोकिएको छ । सरकारले बनाउन लागेको नयाँ नेपाल निर्माण कोषका लागि एनआरएनलाई पनि दायित्व तोकिएको छ । ‘गैर आवासीय नेपालीहरुलाई विशेष आव्हान गरी १०/१० अमेरिकी डलर संकलन गरी यो कोषमा जम्मा गरिनेछ,’ कार्ययोजनाको ४५ औं बुँदामा उल्लेख छ ।
चालू आर्थिक वर्षको बाँकी अवधिमा नविन सोंचमा आधारित नयाँ नेपाल निर्माण अभियानका थप कार्यक्रमहरु सुरु गर्ने र नयाँ नेपाल निर्माण कार्यक्रमको कार्यान्वयनबाट आर्थिक बृद्धि, रोजगारी सृजना, पूर्वाधार विकासमा योगदान पुग्नुका साथै जनताले राहतको महशुस गर्ने सरकारको विश्वास छ ।
तपाईको प्रतिक्रिया