Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ – जिम्मेवारी नपाएको भन्दै बिनाविभागीय मन्त्री राजलाल यादवले पार्टी अध्यक्षमार्फत राजीनामा बुझाएका छन् ।
मन्त्री यादवले सिंहदरवारमा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष एवं सञ्चारमन्त्री जेपी गुप्तासमक्ष राजीनामा बुझाएका हुन् ।
प्रधानमन्त्री कार्यालयसँगै रहेको कार्यालयमा बसे पनि प्रधानमन्त्री बाबुराम भट्टराई युवा विद्यार्थीको बन्दका कारण सिंहदरवार नगएपछि बुधबार यादवले राजीनामा दिन पाएका थिएनन् । उनी भने राजीनामा बुझाउन भन्दै पैदलै सिंहदरवार गएका थिए । यादवले जिम्मेवारीको टुङ्गो नलागे मन्त्रीमात्र हुनुको अर्थ नभएको दोहोर्‍याए ।
मन्त्री यादवले एक महिनाअघि नै माघ ७ गते राजीनामा दिने घोषणा गरेका थिए ।
यादव मधेसी जनअधिकार फोरमको उम्मेदवार भई सिरहा-२ बाट निर्वाचित भएका थिए । सात महिनाअघि जयप्रकाशप्रसाद गुप्ताले पार्टी फुटाएर फोरम (गणतान्त्रिक) गठन गरेपछि यादव उतै लागेका छन् ।
तपाईको प्रतिक्रिया