Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतो अध्यक्ष रहेको सद्‍भावना पार्टी फेरि टुक्रिएको छ ।
पाँच सभासद् रहेको उक्त पार्टीका सभासद्द्वय रामनरेश राय र गौरी महतोले राष्ट्रिय सद्‍भावना पार्टी गठन गरेका छन् । नयाँ पार्टी गठन भएको सभासद्द्वयले बिहीबार नै सभामुख सुवासचन्द्र नेम्वाङलाई जानकारी गराएका छन् । नयाँ दलमा राय संसदीय दलका नेता र महतो प्रमुख सचेतक छिन् ।
दल त्याग ऐन- २०५४ अनुसार संसदीय दलका ४० प्रतिशत सदस्यले पार्टी विभाजन गर्न सक्छन् । छुट्टै दल खोलेको जानकारी संसद् सचिवालय र सभामुखलाई जानकारी गराउनुपर्छ ।
सद्‍भावना पार्टीमा आफ्नो ‘अपनत्व’ महसुस नभएको भन्दै विभाजित भएको महतोले बताइन् ।
दोस्रोपटक सद्‍भावना पार्टी फुटेपछि महतो नेतृत्वको सदभावना पार्टीमा तीन जनामात्र सभासद् रहनेछन् । संविधानसभापछि ९ सीट संख्या रहेको सदभावना पार्टीमा अब अध्यक्ष महतोसहित, लक्ष्मणलाल कर्ण र सरोजकुमार यादवमात्र रहनेछन् ।
तपाईको प्रतिक्रिया