Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
नेपालगन्ज-  एमाले अध्यक्ष झलनाथ खनालले नेताहरुले विगतका कमीकमजोरी सच्याईसकेकाले पार्टी गुटबन्दीमुक्त भएको दाबी गरेका छन् । एमाले एकताबद्ध भएर पार्टी पुनःनिर्मँणमा जुटेकाले राष्ट्रिय हलचल सुरु भएको उनले बताए ।
बिहीबार बाँकेको कोहलपुरमा भेरी अन्चलका अगुवा कार्यकर्ताको प्रशिक्षण उद्‍घाटन गर्दै खनालले वर्तमान प्रधान मन्त्री बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बन्ने कुरा गर्नु उनको आत्मसन्तुष्टि मात्र भएको बताएका छन्। भट्टराईले आफनो नेतृत्वमा राष्ट्रिय सरकार बन्ने कुरा गरिरहेका बेला खनालले भने भट्टराईको चाहना पूराहुने कुनै सम्भावना नरहेको बताए।
शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकार अपरिहार्य रहेको उनको भनाई छ। राष्ट्रिय सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा भने उनले केही बताएनन्।
दलहरूको एकता र सहमतिबाट मात्र शान्ति र संविधान निर्माण कार्यले पूर्णता पाउने उनको भनाइ छ। शान्ति र संविधान निर्माणको कार्य प्रभावित भइरहँदा आम नागरिकमा निरासा छाएको उनले बताए। उनले वर्तमान सरकारले अवलम्वन गरेकै बाटोमा हिड्ने हो भने शान्ति र संविधान बन्न नसक्ने जिकिर गरे। यसअघिका सहमति पालना नगर्दा माओवादी प्रष्ट रुपमा शान्ति र संविधानका लागि बाधक बनेको पुष्टी भएको आरोप लगाए।  ‘बर्तमान सरकार गलत बाटो हिडेकाले यसबाट न सहमतिमा पुगिन्छ, न त शान्ति र संविधान बन्छ,’ खनालको भनाई थियो।
तपाईको प्रतिक्रिया