Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
महोत्तरी– महोत्तरीमा अवैद्य यौन धन्दामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको बर्दिवासको एक होटलबाट बुधबार राती प्रहरीले आपत्तिजनक अवस्थामा पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा होटल सञ्चालक सहित ३ पुरुष र २ महिला छन् । बर्दिवासमा रहेको वेष्ट फाष्ट फुड होटलका सञ्चालक श्याम श्रेष्ठ सहित सिरहा धनगढीका २२ वर्षिय दिपेन्द्र यादव, बारा चोहर्वाका २० वर्षिय उमेशकुमार यादव, मोरङ विराटनगरकी ४० वर्षिया प्रतिमा केसी र महोत्तरी गौरीवास ३ पाटुकी १५ वर्षिया गोमा विकलाई प्रहरीले मध्यरातमा पक्राउ गरेको हो ।
होटलमा अवैद्य यौन धन्दा हुने गरेको स्थानीयको सूचनाको आधारमा छापा मारी उनीहरुलाई नियन्त्रण लिइएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरिक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया