Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- राजनीतिक सहमतिका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले बोलाएको मुख्य तीन दलका शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको छ । लाजिम्पाटस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा भएको बैठकमा सत्ताको बागडोर सम्हालेको माओवादी पक्षले कब्जा सम्पत्ति वैधानिकता सम्बन्धी निर्णय फिर्ता नलिन अड्डि कसेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।
कङ्ग्रेस र एमाले पक्षले युद्ध कालमा कब्जा गरिएको सम्पत्तिलाई वैधानिकता दिने सरकारी निर्णय फिर्ता हुनुपर्ने माग राख्दै आएका छन् । सोही विषयलाई लिएर सदन अवरुद्ध हुँदै आएको छ ।
संविधान निर्माणको समयमा दलहरुबीच राजनीतिक दूरी बढ्दा शान्ति प्रक्रिया र संविधान लेखनका काम थन्किएका छन् । बैठकमा सहभागी एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भने- ‘माओवादीले निर्णयमाथि पुर्नविचार नगर्ने बताएपछि सहमति हुन सकेन । माओवादीको यस्तो व्यवहारबाट दलहरुबीच दुरी बढाउने छ ।’
तपाईको प्रतिक्रिया