काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सिरहा अध्यक्ष रामचरित्र साहमाथि अज्ञात समूहले गएराति गोली प्रहार भएको छ । राति १२ बजे आफनै निवासमा सुतिरहेको अवस्थामा एक्कासी गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिएको छ ।
गोली प्रहारबाट अध्यक्ष साह गम्भीर घाइते भएका छन् । घाइते साहको बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले बताएको छ ।