Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025

टोकियो – जापानको शिक्षा तथा श्रम मन्त्रालयको एक अध्ययन अनुसार यस बर्षको मार्च महिनामा जापानका बिश्वबिद्यालयहरुबाट स्नातक तहको पढाइ समाप्त गरेका बिद्यार्थीहरुमध्ये ७१ दशमलब ९ प्रतिशतले बिभिन्न क्षेत्रमा रोजगार पाउने भएका छन् । गत डिसेम्बर १ तारिखसम्मको अध्ययनको आधारमा उक्त कुरा थाहा लागेको हो । उक्त अंक बिद्यार्थीहरुको रोजगार सम्बन्धी अध्ययन शुरु गरिएको बर्ष (सन् १९९६) यता दोस्रो सानो अंकमा पर्दछ । सो अंक गत बर्ष सबैभन्दा कम रहेको थियो । यस हिसाबले हेर्दा नयाँ रोजगारको अवसरमा गत वर्षको तुलनामा केहि सुधार आएको भएतापनि रोजगारीको लागि सहज परिस्थिति भने नभएको जानकारहरु बताउँछन् ।

शिक्षा मन्त्रालय र श्रम मन्त्रालयले जापानको बिभिन्न क्षेत्रका ६२ वटा सरकारी तथा निजी बिश्वबिद्यालयहरुमा उक्त रोजगार सम्बन्धी अध्ययन गरेको थियो । जसमा स्नातक तहको पढाइ सकेर जागिर खान चाहने बिद्यार्थीहरुको हिस्सा ७५ दशमलब ४ प्रतिशत रहेको थियो । त्यसमध्ये ७३ दशमलब १ प्रतिशत पुरुष र ७० दशमलब ५ प्रतिशत महिला बिद्यार्थीहरुले बिभिन्न क्षेत्रमा जागिर पाउने भएका हुन् । जुन अंक गत बर्षको सोहि अवधिको तुलनामा पुरुष बिद्यार्थीको हकमा ३ प्रतिशत र महिला बिद्यार्थीको हकमा ३ दशमलब १ प्रतिशतले बृद्धि भएको छ ।

गत बर्षको तुलनामा रोजगारको अवस्थामा केहि सुधार आएको देखिए तापनि झण्डै ३० प्रतिशत बिद्यार्थीहरुले आफ्नो पढाइ सकेर पनि रोजगारमा लाग्न नसकेको स्थिति जापानी सरकारको लागि एउटा ठूलो चुनौतीको रुपमा आगाडी आएको छ । यसलाई कम गर्न रोजगार सम्बन्धी जानकारी दिइ सहयोग गर्नको लागि सरकारी स्तरबाट पनि हेलो वर्क जस्ता बिभिन्न निकायको स्थापना गरिनुका साथै बिभिन्न किसिमका उपायहरु अवलम्बन गर्ने गरिएको पाइन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया