Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – सन् २०११ मा भएको जापानी येनको मुल्य बृद्धिका कारण बिदेशमा लगानी गर्ने जापानी कम्पनीहरु एक्कासी बढेको एक तथ्यांकबाट पुष्टी भएको छ ।

टोकियोस्थित रेकोफु डाटा नामक सर्बेक्षण कम्पनीले सार्बजनिक गरेको तथ्यांक अनुसार सन् २०११ मा जापानी कम्पनीको तर्फबाट ६२ खर्ब ६६ अर्ब ५० करोड जापानी येन बराबरको लगानी बिदेशमा गरिएको छ । सो रकम बिदेशी कम्पनी खरिद गर्न तथा बिदेशी कम्पनीसँगको संयुक्त लगानीमा प्रयोग गरिएको छ । उक्त रकम सन् २०१० को तुलनामा ६६ दशमलब ७ प्रतिशतले बढि भइ, सर्बेक्षण शुरु गरिएको बर्ष सन् १९८५ यता तेस्रो ठूलो रकम भएको सो सर्बेक्षण कम्पनीले जनाएको छ । ऐतिहासिक रुपमा भएको येनको मुल्य बृद्धिका कारण निर्यात ब्यापारमा सोचे जस्तो नाफा लिन नसकेका जापानी कम्पनीहरु बिदेशी कम्पनीहरुसँगको संयुक्त लगानीमा अर्थात् बिदेशी कम्पनीहरुको खरिद गरी सम्बन्धित देशमै आफ्ना उत्पादन केन्द्रहरु स्थापना गर्न लागेको पाइन्छ ।

संख्यात्मक आधारमा हेर्ने हो भने पनि गत बर्ष ४५५ वटा लगानीहरु भएका छन्, जुन संख्या सन् २०१० को तुलनामा २२ दशमलब ६ प्रतिशतले बढि छ भने सर्बेक्षण शुरु गरे यताको दोस्रो ठूलो संख्या रहेको छ । उक्त संख्या सन् १९९० मा ४६३ रहेको थियो, जुनबेला जापान उच्च आर्थिक बृद्धिको अवस्थामा रहेको थियो । संख्यात्मक आधारमा हेर्दा एशियन मुलुकहरुमा भएको लगानीको संख्या १९८ रही हालसम्मकै सबैभन्दा बढि रहेको छ । सन् २०११ मा जापानी कम्पनीको तर्फबाट बिदेशी कम्पनीको खरिदमध्ये ताकेदा फर्माक्युटिकल्सद्वारा स्वीसको नाइकोमेड नामक औषधी उत्पादक कम्पनीको खरिद सबैभन्दा ठूलो रकमको रहेको थियो । ताकेदा कम्पनीले ११ खर्ब येनमा नाइकोमेड कम्पनी खरिद गरेको थियो ।

तपाईको प्रतिक्रिया