Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- युवा-विद्यार्थी बन्दका कारण बिनाविभागीय मन्त्री राजलाल यादव पैदलै राजीनामा बुझाउन सिंहदरवार आएका छन् ।
सरकारी निवास पुल्चोकबाट कुपण्डोल, थापाथली, माइतीघर हुँदै मन्त्री यादव निजी सुरक्षाकर्मी र सहयोगीसाथ प्रधानमन्त्री बाबुराम भट्टराईसमक्ष राजीनामा बुझाउन सिंहदरवार आएका हुन् । जिम्मेवारी नपाएको भन्दै राजीनामाको घुर्की लगाउँदै आएका यादवले आफू राजीनामा दिन हिंडेको बताए ।
‘मलाई जिम्मेवारी दिन्छु-दिन्छुमात्रै भनियो,’ पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा विद्यार्थी र युवाहरुले आहृवान गरेको बन्द कारण पैदलै सिंहदरवार आएका उनले भने, ‘आज राजीनामा दिन्छु, राजीनामा पत्र खल्तीमै छ ।’ उनले जिम्मेवारीको टुङ्गो नलागे मन्त्रीमात्र हुनुको अर्थ नभएको दोहोर्‍याए ।
मन्त्री यादवले एक महिनाअघि माघ ७ गते राजीनामा दिने घोषणा गरेका थिए । यसबीच पनि उनले पत्रकार सम्मेलन गरी आफ्नो राजीनामा दिने मिति माघ ७ का लागि तोकेका थिए । पहिले नै राजीनामा दिन खोजे पनि प्रधानमन्त्री भट्टराईले केही दिन कुर्न भनेकाले रोकिएको बताउँदै उनले अब भने बिनाजिम्मेवारी पदमा नबस्ने बताए ।
यादव मधेसी जनअधिकार फोरमको उम्मेदवार भई सिरहा-२ बाट निर्वाचित भएका थिए । सात महिनाअघि जयप्रकाशप्रसाद गुप्ताले पार्टी फुटाएर फोरम (गणतान्त्रिक) गठन गरेपछि यादव उतै लागेका छन् ।
बिना विभागीय मन्त्री राजलाल यादवले पूर्वसहमति बमोजिम आफूलाई कृषि मन्त्रालय फुटाएर बनाइने सहकारी तथा गरीवी निवारण मन्त्रालयको जिम्मेवारी नदिए माघ ७ गते राजीनामा दिने मिति घोषणा गरिसकेका थिए । कृषि तथा सहकारी मन्त्रालय फोरम (गणतान्त्रिक)को भागमा परेको छ, नन्दनकुमार दत्त मन्त्री छन् ।
पुस अन्तिम साता भएको एक कार्यक्रममा प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्रालय फुटाउने संकेत गरेका थिए ।
तपाईको प्रतिक्रिया