Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा विभिन्न राजनीतिक दल निकट युवा तथा विद्यार्थी संघ संगठनहरुले आव्हान गरेको बन्दले राजधानी लगायत मुलुकको विभिन्न भागमा जनजीवन प्रभावित भएको छ ।

१३ विद्यार्थी र ९ युवा संगठनले संयुक्त रुपमा बन्दको आह्वान गरेका हुन् । सत्तापक्षीय माओवादीका भातृसंगठन पनि आन्दोलनमा सहभागी छन् ।

पूर्व घोषित आन्दोलनको कार्यक्रमअनुसार उपत्यका बन्दको मात्र आह्वान गरिएपनि विभिन्न जिल्लाहरुमा पनि बन्द गराइएको छ । उपत्यकाका सडकहरु विहानैदेखि सुनसान छन् । सडकमा यातायातका साधन देखिएको छैन । बन्द सफल पार्न ठाउँ ठाउँमा युवा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सिन्धुलीमा बन्दकर्ताले एउटा यात्रुवाहक बसमा तोडफोड गरेका छन् । सदरमुकाम तथा वीपी राजमार्गमा यातायात संचालनमा आएको छैन ।

सरकार मूल्यवृद्धि फिर्ता लिने पक्षमा नभएपनि विद्यार्थीलाई इन्धनमा सहुलियत दिने योजना अघि सारेको छ । गत साता सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेपछि युवा तथा विद्यार्थी संगठनहरु मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै आन्दोलन घोषणा गरेका थिए । ***

तपाईको प्रतिक्रिया