बिहिबार, फाल्गुण १७, २०८०
Thursday, February 29, 2024

टोकियो – हिजो सोमबार ब्रुनाईमा सेवारत व्रिटिस गोर्खाका धनकुटा जिल्लावासीहरुको परिचयात्मक भेला सम्पन्न भयो ।

भेलामा कार्यबाहक अध्यक्ष डिल्लीकुमार राईले यस बर्ष धनकुटा प्रतिभा पुरस्कार २०६८ वितरणको बारेमा जानकारी गराउनुभएको थियो भने प्रवासमा भैपरि आउने समस्याको बेलामा छिमेक, नातागोता तथा जिल्लावासीहरुको आवश्यकता पर्ने सवालमा चर्चा भयो ।सो अवसरमा क्याप्टेन टुपेन्द्र लिम्बु, श्रीमती पाना लिम्बु लगायतले बोल्नु भएको थियो भने कार्यक्रममा तम्बोला, राफल ड्र खेल साथै गायक लिम्बु नयनले गीत प्रस्तुत गर्नुभएको थियो । धनकुटा प्रतिभा प्रतिष्ठान (पुरस्कार कोष) को सम्बन्धमा विश्वासदीप तिगेलाले जानकारी गराउनु भएको थियो ।

देशविदेशमा रहेका धनकुटेलीहरुले सन् २००७ देखि प्रत्येक बर्ष धनकुटालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने ब्यक्तित्वलाई नगद पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ । ***

 

तपाईको प्रतिक्रिया