Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

दुबई – विश्वलाई नै आकर्षित गर्ने दुबई व्यापार महोत्सव–२०१२ मेला विगतमा झै यस बर्ष पनि विभिन्न देशका विविध साँस्कृतिक कार्यक्रम तथा आफ्नै मौलिकता झल्काउने खालका सजावटका साथ सुरु भएको छ । गत ५ जनवरी २०१२ देखि सुरु भएको यो मेला आगामी ५ फ्रेब्रुअरी २०१२ सम्म रहने छ ।

सन् १९९६ मा स्थापना भएको दुबई व्यापार महोत्सवले विश्वमा नै आफ्नो बजार र व्यापार क्षेत्रलाई लोकप्रियता जमाएको छ नै अझै विश्वको व्यापार सम्बन्धलाई राम्रो र स्तरीय कायम गर्दै एउटा राम्रो बजार व्यावस्थापन निर्माण गरेको छ । यस व्यापार महोत्सवले आफ्नो बजार क्षेत्रलाई मात्र नभई विश्व बजारलाई नै समेटेको पाइन्छ ।

यस मनोरम व्यापार मेलामा विभिन्न देशबाट पर्यटकहरुको घुइचो लाग्छ नै अझै विभिन्न देशका विविध सांस्कृतिक कार्यक्रमले विश्वको कला र संस्कृतिको उत्थान पनि गरेको पाइन्छ । यस व्यापार मेलामा विश्वबाट आएका विभिन्न कलाकारहरुले आफ्नो देशको कला, खेल, करतव र संस्कृतिलाई चनाउनमा पनि राम्रो अवसर पाएको हुन्छ ।

झिलिमीलि दुबई सजावटले एउटा नयाँ नवेली वेहुलीको रुप धारण गरेको देखिन्छ भने अर्कोतिर बुर्ज खलिफा विश्वको सबैभन्दा अग्लो टावरले आफ्नै इतिहास कायम गरेको पाइन्छ, त्यस्तैगरी विश्वको सबैभन्दा ठूलो दुबई सपिङ मल र विश्वको सबैभन्दा महंगो इत्लान्तिक्स होटलले पनि आफैलाई चिनाउनमा सफलता पाएको छ ।

दुबईको एउटा खास ठाउँमा बनाएको ग्लोबल भिलेजको पनि अर्कै इतिहास छ । विश्वको सबै देशहरुको आफ्नै भवन र त्यस भवनमा आफ्नै देशको कला र संस्कृतिले भरिएको सरसमानहरु पनि पाइने व्यावस्था छ । जसमा ग्लोबल भिजेलको अवलोकन गरियो भने विश्व नै भ्रमण गरेको अनुभूति हुन्छ । हाम्रो देश नेपालको पनि भवन रहेको छ र त्यस भवनमा नेपाली संस्कृति र नेपाली सरसमान पनि पाईन्छ । जसमा यो एउटा हाम्रो लागि गौरवको कुरा पनि हो ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया