Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
उर्लाबारी- सरकारले पेटोलियम पदार्थमा गरेको मुल्य बृद्वीको बिरोधमा युवा संघ नेपालले आज मोरङको उर्लाबारीमा ग्यासको सिलिण्डर घोप्ट्यार परालले खाना पकाएको छ ।
एमालेनिकट युवा संगठन युवा संघ नेपाल र अनेरास्वबियूले पेटोलियम पदार्थमा गरेको मुल्य बृद्वीको बिरोधमा ग्यासको सिलिण्डर घोप्ट्यार परालले खाना पकाएको हो । पेटोलियम पदार्थको मुल्य बृद्वी फिर्ता गर, आपुति मन्त्रि राजिनामा दे, बढ्दो महगी नियन्त्रण गर, शान्ति सुरक्षा कायम गर लगायत नारा लगाउदै बिरोध स्वरुपमा उर्लाबारी चौकमा सिलिण्डर घोप्ट्यार परालले खाना पकाइएको युवा संघका अध्यक्ष डिल्ली खतिवडाले बताउनुभयो ।
पेट्रोलियम पदार्थमा गरिएको  मुल्य बृद्वी फिर्ता नभए सम्म चरणबद्व आन्दोलन गरिरहने युवा संघले जनाएको छ । सरकारले जनताको ढाड सक्ने गरी पेटोलियम पदार्थमा गरेको मुल्य बृद्वी फिर्ता नगरे सशक्त आन्दोलन गर्ने युवा संघ नेपालका नेता मनोरथ भण्डारीले बताउनुभयो । युवा संघ नेपालले यस अगाडी १ घण्टा सांकेतिक रुपमा पेटोलियम पदार्थको मुल्य बृद्वीको बिरोधमा चक्काजाम गरेको थियो ।
तपाईको प्रतिक्रिया