Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025
काठमाडौं – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि आफ्नो भूमिका राष्ट्रपतिभन्दा कम नभएको जिकिर गरेका छन् ।
सोमबार काठमाडौंमा भएको कार्यक्रममा उहाँले आफू राष्ट्रपति भएपछि तानाशाह भन्छ भन्ने डरले मात्र संसदवादी दलहरुले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अस्वीकार गरेको जिकिर गर्नुभयो ।
दाहालले आफूलाई व्यक्तिगतरुपमा राष्ट्रपति हुने आकांक्षा नभएको दाबी गरे । ‘माओवादीको अध्यक्षको हैसियतले अझ प्रचण्ड हुनुको नाताले मलाई राष्ट्रपति हुनुपर्छ भन्ने बिल्कुल आकांक्षा पनि छैन,’ शासकीय स्वरुपमा आफूलाई केन्द्रित गरेको भन्दै उनले भने, ‘म आगामी निर्वाचनमा उठ्न पनि सक्छु नउठ्न पनि सक्छु त्यो कुनै ठूलो कुरा होइन ।
‘प्रचण्ड राष्ट्रपति बन्छ भनेर जुन ढङ्गले यसको बिरोध भैरहेको छ, यो आफैमा निकै दुखद छ’, प्रचण्डले भन्नुभयो । कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति भन्ने प्रश्न नेपालको सार्वभौमसत्ता, अखण्डता र नेपालीहरुको आत्मनिर्णयको अधिकारसित जोडिएको उहाँले दावी गर्नुभयो । ‘जनताद्वारा प्रत्यक्ष निर्वाचित हुनु जस्तो लोकतन्त्र अरु हुँदैन’, प्रचण्डले भन्नुभयो, ‘जनताबाट निर्वाचित राष्ट्रपति तानाशाह हुन्छ भन्नुजस्तो कुतर्क अरु हुन सक्दैन ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया