Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
चितवन- नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले एकीकृत नेकपा (माओवादी)का वरिष्ठ उपाध्यक्ष मोहन वैद्य अन्तर्राष्ट्रिय कम्युनिस्ट संस्था(रिम)को निर्देशनमा चलेको आरोप लगाएका छन्। चितवनको भरतपुरमा सार्वजनिक भएका सिंहले संविधान निर्माण र शान्ति प्रक्रियामा अवरोध गरेर वैद्य खेमाले गणतन्त्र संस्थागत गर्नमै समस्या उत्पन्न गरेको आरोप लगाए।
‘प्रधानमन्त्रीले शान्ति र संविधानका पक्षमा काम गर्न खोजे पनि रिमको प्रत्यक्ष निर्देशनमा चलेका वैद्यले कामै गर्न नदिनु देश र जनताप्रति बेइमानी हो’ उनले भने- ‘एमाओवादीभित्रकै किचलोका कारण शान्ति र संविधान ओझेलमा परेको छ, तोकिएको समयमा संविधान जारी हुन नसके नेपाल असफल राष्ट्र घोषणा हुने छ।’
जनयुद्धकालमा गरिएका सबै कामलाई मान्यता दिनु जनविरोधी भएकाले यसलाई सच्याउनुपर्ने महासचिव सिंहको भनाइ थियो। ‘जनयुद्धको समयमा सामन्तवादीको मात्रै नभएर निमुखा जनताको जग्गा र सम्पत्तिसमेत कब्जा भएकाले सरकारको सो निर्णय ठीक होइन’ उनले भने।
अर्धभूमिगत मानिएका नेता सिंहले आफ्नो व्यक्तिगत जीवनबारे भन्नुभयो-‘मैले चाहेर पनि मेरो तस्बिर सार्वजनिक हुनबाट रोक्न सक्दिन, तर म खुल्लारुपमा हिँड्दिन।” यसअघिका पत्रकार सम्मेलनमा नेता सिंहको तस्बिर खिच्न रोक लगाइए पनि यसपटक भने टेलिभिजन र पत्रपत्रिकाका लागि खिच्न दिइएको थियो।
तपाईको प्रतिक्रिया