Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
सिन्धुली – माओवादी सचिव सीपी गजुरेलले माओवादी पार्टी एक भएको भन्ने हल्ला निराधार रहेको बताएका छन् ।
राष्ट्रिय बुद्धिजिवी संगठन सिन्धुलीले सोमबार आयोजना गरेको अन्तर्क्रियामा सचिव गजुरेलले पार्टी मिलेको र केही नमिलेको भन्ने दुवै कुरा असत्य भएको बताए । उनले पार्टी मिल्दै नमिलेको सत्य भएको खुलासा गरे ।
पार्टी मिलेको भए एउटै दस्तावेज आउनुपर्ने तर अहिले पनि अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन बैद्यको फरक दस्तावेज भएकाले पार्टी एक नभएको उनको धारणा थियो ।
अन्तर्क्रियामा अधिकांश समय भारतको विरुद्धमा खनिएका सचिव गजुरेलले राष्ट्रिय स्वाधिनताको लागि भारतविरुद्ध ठूलो मोर्चा बनाएर लडाईं लड्नु पर्ने खाँचो औंल्याए ।
तपाईको प्रतिक्रिया