Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – आइतवार टोकियोमा  भएको जापानी भाषाको वक्तृत्व कला प्रतियोगितामा अरु ९ जना प्रतियोगीलाई उछिन्दै स्वर्णिमा शाक्य पहिलो भईन् । दिनु बज्राचार्य र राजन भण्डारीले क्रमश: दोश्रो र तेश्रो स्थान हासिल गरे ।

उनीहरुलाई प्रमुख अतिथि एनआरएन आईसीसीका कोषाध्यक्ष भवन भट्टलगायतका अन्य अतिथिहरुले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

नेपाली बिद्यार्थी समाज जापानको आयोजनामा भएको सो वक्तृत्वकला प्रतियोगिताको नतिजा भने नेसाजका पूर्व अध्यक्ष जिज्ञानकुमार थापाको संयोजकत्वमा गठित ४ सदस्यीय निर्णायक मण्डलले घोषणा गरेको हो । निर्णायक मण्डलमा भवन भट्ट, युको ओकामोतो मल्ल र जिवक बज्राचार्य रहेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले कार्यक्रमका सम्बन्धमा आ-आफ्ना प्रतिक्रियाहरु दिएका थिए । वक्ताहरुमा प्रमुख अतिथि एनआरएन आइसीसीका कोषाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, नेपाली जनसम्पर्क समितिका प्रतिनिधि सुबास लोहनी, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापा, एनडिएफ जापानकी अध्यक्ष सिर्जना काफ्ले, केइआई बिश्वबिद्यालयका प्रोफेसर फुजिमोरी लगायतका ब्यक्तिहरु रहेका थिए ।

आयोजक संस्थाका उपाध्यक्ष जिवक बज्राचार्यको सभापतित्वमा भएको वक्तृत्वकला प्रतियोगिता समारोहमा सहआयोजक संस्था अन्तरराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष शालिकराम भण्डारीको स्वागत मन्तब्य रहेको थियो ।

कार्यक्रममा एनआरएन जापान, निहोन केइजाई बिश्वबिद्यालय, नेपाल च्याम्वर अफ कमर्स जापान च्याप्टर, टिबिआई ग्रुपलगायतका संघसंस्थाहरुको सहयोग रहेको थियो । नेसाजका सहसचिव कुमार डल्लाकोटीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

हालै ओसाकामा हत्या गरिएका नेपाली व्यवसायी विष्णु धमलाको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारणबाट शुरु भएको सो कार्यक्रमको पुष्कर थापाले सञ्चालन गरेका थिए ।

प्रतियोगिताका अन्य सहभागीहरु रोशन श्रेष्ठ, किरण अधिकारी, शशि बिक, शारदा महर्जन, कृष्णकुमार केसी, रत्न थापा र टिकाराम खरेललाई पनि कार्यक्रममा सान्त्वना पुरुस्कारको ब्यवस्था गरिएको थियो । प्रतियोगीहरुले बिभिन्न बिषयमा जापानी भाषामा निर्धारित समयभित्र आ-आफ्नो अभिब्यक्ति प्रस्तुत गरेका थिए । ***

हेर्नुहोस् भिडियोः

फोटो फिचरः

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया