Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
  • केपी ढुंगाना
काठमाडौं- श्रीमती हत्याको अभियोगमा सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइराला पक्राउ परेका छन्। मकवानपुरको पालुङबाट काठमाडौं फर्कंदै गरेका उनलाई महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसरले आइतबार बिहान साढे ९ बजे नागढुंगाबाट पक्राउ गरेको हो।
श्रीमती गीता ढकालको हत्या गरेको अभियोगमा प्रहरीले कोइरालालाई काठमाडौं जिल्ला अदालत पेस गरी पाँच दिनको म्याद लिएर हिरासतमा राखेको छ। प्रहरीको उपल्लो तहका अधिकारीहरू भ्रष्टाचार अभियोगमा मुछिए पनि हत्याजस्तो गम्भीर अपराधमा मुछिने रञ्जन पहिलो हुन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख राजेन्द्र श्रेष्ठले ‘प्रारम्भिक अनुसन्धानमा रञ्जनले हत्यामा संलग्न भएको स्वीकार गरेको’ जानकारी दिए। ‘उहाँले हत्यामा संलग्न भएको स्विकार्नुभएको छ,’ उनले सञ्चारकर्मीसँग भने, ‘शव चिनिने अवस्थामा छैन, थप अनुसन्धान भइरहेको छ।’
पुस २७ गते बुढानिलकन्ठ विष्णु गाविसको आफ्नै घरबाट हराएकी गीतालाई ‘रञ्जनले नै बेपत्ता पारेको’ भन्दै उनका बुबा हरेरामले प्रहरीमा निवेदन दिएका थिए। परिवारको यस्तो दाबीपछि पनि प्रहरीले रञ्जनलाई अनुसन्धानको दायरामा ल्याएको थिएन।
उनलाई शनिबार मकवानपुरको पालुङमा ‘शंकास्पद अवस्थामा भेटेको’ भन्दै स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पालुङमा बुझाएका थिए। तर, कोइरालाले ‘म सशस्त्रको डिआइजी हुँ’ भनेपछि पालुङ प्रहरीले उनलाई मुक्त गर्‍यो। त्यहाँबाट काठमाडौं फर्कंदै गरेका उनलाई आइतबार नागढुंगामा पक्राउ गरिएको हो।
रन्जनलाई म्याद थपका लागि जिल्ला अदालत लगिँदै। तस्बिर सौजन्यः एभिन्युज टेलिभिजन
कसरी भयो हत्या?
विष्णु गाविसमा दुई छोरासँग बस्दै आएकी गीता पुस २७ गते आफ्नै घरबाट बेपत्ता भएकी थिइन्। त्यस दिन बिहान १० बजे रञ्जन घर आएर १० वर्षे कान्छो छोरा सँगै लिएर गएका थिए। १५ वर्षका जेठा छोरा एक वर्षदेखि उनीसँगै बस्दै आएका थिए।
बुबा हरेरामका अनुसार पुस २७ गते ३-४ पटक गीतालाई फोन गर्दा मोबाइल स्विचअफ थियो। भोलिपल्ट बेलुकीतिर सम्पर्क गर्दा पनि मोबाइल अन थिएन। पुस २९ गते बिहान उनले छोरीको अवस्था बु‰न भाइलाई घर पठाउँदा मुलगेटमा ताल्चा लागेको थियो।
‘छोरी संकटमा छे भन्ने लागेर तुरुन्तै बुढानिलकण्ठको प्रहरी कार्यालयमा गएर घटना बताएँ,’ उनले भने, ‘प्रहरी आएर घर हेरेर मात्र गयो, भित्र छिरौं भन्दा मानेन।’ प्रहरीले गीताको घरमा काम गर्ने गीता कटुवालस”ग लिखित बयान लिएर गएको थियो। उनको बयानअनुसार २७ गते दिउ”सो ३ बजेतिर घरमा पुग्दा मुलगेटमा ताल्चा लागेको थियो, त तर घरका सबै ढोका खुलै थिए। ‘बेडरुमको ढोका बन्द थियो, म्याडम सुतिरहनुभएको होला भन्ठानेर म त्यसै फर्किएँ,’ उनले बयानमा भनेकी छन्।
उनका अनुसार त्यसै दिन बेलुकी ८ बजेतिर एउटा जिप घरको मुलगेटबाट छिरेर भान्सा कोठाको ढोकाछेउ पुगेको थियो। ‘केही समय डाङडाङ-डुङडुङ आवाज आयो,’ उनको बयानमा छ, ‘अनि एकैछिनमा गाडी गयो।’
दुई दिनपछि पुस ३० गते गीताको माइती महानगरीय प्रहरी वृत्त महाराजगन्जमा गीताको खोजी गर्न निवेदन दिन गयो। ‘घरमा काम गर्ने महिलाको भनाइ र घटनास्थलको अवस्थाअनुसार रञ्जनले मेरी छोरीलाई बेपत्ता पारेको शंका लाग्यो,’ हरेरामले नागरिकसँग भने। उनलाई ‘तुरुन्त पक्राउ गरी छोरीको जीउज्यानको सुरक्षा र अवस्था अनुसन्धान गरिपाउ”‘ भनी निवेदन दिन खोज्दा प्रहरीले लिन नमानेको उनले बताए।
त्यसपछि माघ १ गते काठमाडौं परिसरमा अपहरणको जाहेरी दिने प्रयास गरेका थिए। परिसर प्रमुख राजेन्द्र श्रेष्ठले प्रमाण नपुगेको भन्दै जाहेरी फर्काइदिए।
छोरीको खोजीमा गृह मन्त्रालयसम्म धाउँदा पनि पत्तो नलागेपछि माइतीले आइतबार पत्रकार सम्मेलन गरेर सबै विवरण सार्वजनिक गर्ने तयारी गरेको थियो। यसबीच रञ्जन हत्या अभियोगमा पक्राउ परे।
‘त्यसले अपहरण गरेर कतै लुकाएर राखेजस्तो लागेको थियो,’ हरेरामले भने, ‘पापीले त मारिसकेछ।’
एसपी श्रेष्ठले आइतबार तत्कालीन निवेदनमा पर्याप्त प्रमाण नभएकाले दर्ता नगरे पनि रञ्जनसँग सोधपुछ गरेको दाबी गरे। प्रमाण फेला परेपछि पक्राउ गरेर अनुसन्धान थालेको उनले बताए।
महत्वाकांक्षी रञ्जन
पोखराका रञ्जन र काठमाडौंकी गीताबीच २०५० जेठ ३१ गते मागीबिहे भएको थियो। २०४६ मा प्रहरी निरीक्षकका रूपमा प्रवेश गरेका रञ्जन प्रहरी संगठनभित्र ‘महŒवाकांक्षी’ अधिकारीका रूपमा परिचित थिए। अच्युतकृष्ण खरेल महानिरीक्षक हुँदा उनी सचिवालयमा थिए। प्रहरी निरीक्षकका रूपमा सोह्रखुट्टे प्रभाग प्रमुखसमेत भए।
उनी सशस्त्र प्रहरी बल गठनसँगै डिएसपीका रूपमा गएका थिए। जानासाथ एसपी भए। झन्डै दस वर्षमा डिआइजी भए। उनी एआईजीको बढुवा सूचीमा थिए। उनीसँगै प्रहरी संगठनमा छिरेकाहरू अझै एसपी छन्।
‘दुर्घटना नभएको भए उनी सशस्त्रको आइजिपीसम्म हुनसक्थे,’ उनी निकट एक प्रहरी अधिकारीले भने।
रञ्जन-गीताको चिसो सम्बन्ध
गीताका परिवारका अनुसार सुरुमा दम्पत्तीबीच राम्रो सम्बन्ध थियो। तर, परस्त्रीप्रति हुरुक्क हुने रञ्जनको बानी थाहा पाएपछि उनीहरूको सम्बन्धमा तीक्तता सुरु भयो। सुरुमा रञ्जनले ‘यो बिहेअगाडिको कुरा हो’ भन्दै फकाउने गरे पनि उनको बानी फेरिएन।
२०५७ मा कान्छो छोरा जन्मिएपछि रञ्जनले बाहिर अर्की श्रीमती राखेको खुलेको थियो। ‘बहिर अर्की केटी राखेको कुरा छोरीले पनि २-३ वर्षपछि मात्र थाहा पाई,’ हरेरामले भने, ‘जति भन्दा पनि नमानेपछि घर झगडा सुरु भयो।’
झगडा चुलिँदै गएपछि करिब ६ वर्षअघि दुवै छुट्टाछुट्टै बस्न थाले। रञ्जन सातदोबाटोमा बस्थे। गीता दाइजोमा पाएको जग्गामा घर बनाएर बस्न थालिन्। पछि यही घर उनीहरूको झगडाको मुख्य कारण बन्न पुग्यो। घरकै विषयमा काठमाडौं जिल्ला अदालतमा अंश मुद्दासमेत चल्यो।
गीताले घरखर्च नपाएको भन्दै २०६८ मंसिर १४ गते काठमाडौं जिल्ला अदालतमा ‘मानाचामल भराइपाउँ’ भनी मुद्दा हालिन्। अदालतले गीताको पक्षमा फैसला गर्दै रञ्जनको तलब रोक्का गर्न सशस्त्रलाई आदेश दियो। यो फैसलापछि रञ्जन झनै आक्रामक भएको गीताको माइतीको दाबी छ।
घडीले भयो पहिचान
गीताका बाबु निवेदन बोकेर प्रहरी कार्यालय धाउँदै गर्दा पुस २८ गते बिहान मकवानपुर, पालुङको नेत्राङमा ७० प्रतिशत जलेको शव भेटियो। त्यसको अघिल्लो दिन पालुङ क्षेत्रमा हिउँ परेकाले धेरै स्थानीय घरभित्रै थिए। उनीहरूले मुलसडकबाट करिब २० मिटरभित्र जंगलमा बेलुकी करिब ७ बजेतिर आगो बलेको देखेको बताएका छन्। जाडो धेरै भएकाले कसैले आगो तापेको होला भनेर स्थानीयबासीले चासो देखाएनन्।
भोलिपल्ट बिहान कसैले शव जलाएको खुल्यो। स्थानीयले इलाका प्रहरी कार्यालय पालुङमा यसको जानकारी गराए। स्थानीयबासी घटनास्थल पुगेको तीन घन्टापछि मात्र प्रहरी आइपुग्यो। ‘शवमा ढाडको अवशेष मात्र बाँकी थियो,’ स्थानीय प्रत्यक्षदर्शी मंगल तामाङले नागरिकसँग भने, ‘जंगलमा (शव) पोलेको दुर्गन्ध आइरहेको थियो।’
जलेको शवमा महिलाले लगाउने नाडीघडी फेला परेकाले प्रहरीले महिलाको हुनसक्ने आशंका गर्दै घटनाको मुचुल्का उठायो। त्यतिखेरसम्म हत्याको कुनै उजुरी नपरेकाले प्रहरीले २ दिनसम्म शवको अवशेष हेटौंडाको अस्पतालमा राख्यो। पुस ३० गते पोस्टमार्टम निम्ति टिचिङ अस्पताल महाराजगन्ज पठायो।
यसरी पक्राउ परे रञ्जन
आफ्नै गाउँनजिकै कसैले शव जलाएर जाँदासमेत पत्तो नपाए पनि स्थानीय युवा मिलेर निगरानी समूह बनाए। त्यही समूहका युवाले शनिबार बेलुकी ५ बजेतिर शव जलेकै ठाउँ वरिपरि एक व्यक्ति शंकास्पद रूपमा घुमिरहेको देखे। नजिकै कार थियो। प्रायः स्थानीय पनि नजाने ठाउँमा गाडी लिएर घुमिरहेको व्यक्ति देखेपछि उनीहरूले सोधपुछ गरे। उनी नै थिए, रञ्जन कोइराला। पुस २७ गते जुन-जुन ठाउँमा शवको अवशेष फेला परेको थियो, उनी त्यतै घुमिरहेका थिए।
‘केही खोजेझैं गरी त्यो व्यक्ति कहिले यता, कहिले उता गरिरहेको थियो,’ प्रत्यक्षदर्शी तामाङले भने, ‘कहिले टाउकोमा हात राखेर बस्थ्यो, कहिले घोरिन्थ्यो, हामीलाई शंका लाग्यो।’
केही समयमा कार हेटौंडातिर लाग्यो। स्थानीयले मोटरसाइकलमा पछ्याउन तयार भएका थिए, कार फर्कियो। स्थानीयले गाडी रोके। ‘किन फर्किएको’ भनेर सोध्दा उनले ‘हेडौंडा जान लागेको, तेल सकियो, रात पनि पर्‍यो’ भन्ने जवाफ दिए। ‘हामीलाई विश्वास लागेन, सोध्न थाल्यौं,’ तामाङले भने।
तामाङका अनुसार उनले पेट दुखेर दिसा गर्न जंगल गएको बहाना बनाएका थिए। तर, जंगलमा उनको गतिविधि नियालिरहेका युवाले पिसाबमात्र गरेको देखे। प्रारम्भमा चार जना युवाथिए। पछि स्थानीयवासी थपिंदै गएपछी उनी आत्तिए।
स्थानीयवासीको संख्या बढ्दै गएपछी उनी आत्तिंदै गए। पालुङको वातावरण चियो थियो, तर उनी पसिना काँढीरहेका थिए। स्थानीयवासीले केरकार शुरु गरेपछी रञ्जनले तामाङ सहित चार जना स्थानीयवासीलाई केही पर लगेर आफ्नो कार्ड देखाउँदै भने’म शसस्त्रको डिआईजी हुँ, यही केसको अनुसन्धान गर्न यहाँ आएको थिए, तपाईहरुले थाहा पाईहाल्नु भयो।’
उनले आफुलाई अपराध महाशाखावाट आएको भन्दै स्थानीयवासीको घेरावाट उम्कन खोजेका थिए। ‘उनले हत्याबारेमानै अनुसन्धान गर्न आएको भने’ एक प्रत्यक्षदर्शीले भने’ हल्ला नर्गनुस्, हत्यारा भाग्न सक्छ भन्दै थिए, तर, हामीलाई विश्वास लागेन।’
स्थानीयले नछाडेपछी रञ्जनले जंगलको विचमा लुट्न खोजेको हो? ल मसंग रहेको सबै पैसा लैजाउँ र छोड भनेपछी स्थानीयवासीले आधाघन्टाको दुरीमा रहेको प्रहरी कार्यालयमा खवर गरेका थिए। इलाका प्रहरी कार्यालयवाट आएको प्रहरीले उनको गाडि खोलेर चेक गर्दा गाडिभित्र ग्यालिनमा राखेको पेट्रोल, प्लाष्टीक र ६ बट्टा सलाई फेला पारेको थियो।
प्रहरीले उनलाई कार्यालयमा लगेर राखेको केही समयमै छाडेको थियो। स्रोतका अनुसार उनलाई छोड्न महानगरिय प्रहरी अपराध महाशाखाका एसपी श्याम खत्रीले प्रहरी निरिक्षकलाई फोन गरेर छाड्न भनेका थिए। ‘उनी राम्रै अफिसर हुन् छोड्देउ भन्ने फोन आएपछी बेलुकै छाड्यौं’ एक प्रहरीले भने’विहान त पक्राउ परे भन्ने खवर पो आयो।’
२७ गते नै हत्या
विहान साँढे नौ वजे पक्राउ गरेर हनुमानढोका ल्याएलगत्तै उनलाई एसपी राजेन्द्र श्रेष्ठको कोठामा राखेर श्रेष्ठ र महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख देवेन्द्र सुवेदीले सोधपुछ शुरु गरेका थिए।
स्रोतका अनुसार एसपी श्रेष्ठ र निरञ्जन निकट साथी थिए। उनी शसस्त्रतिर गएपनी दुबैविचको सम्बन्ध राम्रै थियो।’ केही समय त एसपी सर मौन बस्नुभयो’ स्रोतले भन्यो’बल्ल बल्ल औपचारिक सोधपुछ शुरु भएको थियो।’
हत्याका अभियुक्तलाई एसपीको कोठामा राखेको सूचना बाहिर आएपछी गीताका आफन्त हनुमाढोका कार्यालयबाहिर जम्मा भइसकेका थिए। उनीहरुले निरञ्जनलाई हत्कडी लगा भन्दै नारावाजी गरिरहेका थिए।
स्रोतका अनुसार केही समय निरञ्जनले घटनामा आफु संलग्न भएको अस्विकार गरेका थिए। तर,सुवेदी र श्रेष्ठले प्रहरी संगठनका काम गरेको सिनियर ब्यक्ति भएकाले सामान्य सोधपुछ गरेका हौं, भन्नुभएन भने पनी हामीले अर्को तरिकाले अनुसन्धान गर्नुपर्छ भनेपछी उनले स्विकार गरेका थिए।
स्रोतका अनुसार उनले पुस २७ गतेनै गिताको घाटी थिचेर हत्या गरेको बयान दिएका छन्। सो दिन गिता खुट्टा मर्किएर बेड रुममा आराम गरेर बसेको बेला झगडाहहुँदा आफु आवेशमा आएर घाँटी थिच्दा उनको मृत्यु भएको बयान दिएका छन्।
दिउसै हत्या गरेर बेडरुममा लास राखेर ढोका बन्द गरी बाहिर गएको र बेलुका अध्यारो भएपछी गाडि लिएर भान्छातिरको ढोकावाट लास निकालेर गाडिमा राखेर लगेको स्विकार गरेको स्रोतको दावी छ।
गीतासंग प्रारम्भमा आफ्नो सम्बन्ध राम्रो भएको तर,धेरै शंका गर्ने बानीका कारण घर विग्रिएको उनले बयानमा दावी गरेका छन्। माइतिसंग मिलेर आफ्नो घर कब्जा गरेको र सशस्त्रवाट आउने पारिश्रमिक पनि रोकेर सार्वजनिक बेइज्जत गरेपछी आवेशमा आएर अपराध गरेको स्विकार गरेको स्रोतले बतायो।
तपाईको प्रतिक्रिया