Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले आजदेखि संसद् खुल्ने  घोषणा गरेबम छन् ।
आइतबार विभिन्न दलका शीर्ष नेताहरुसँगको छलफल सकारात्मक रहेको भन्दै उनले संसद् खुल्ने घोषणा गरेका हुन् । सोमबार बिहान कांग्रेस सभापति सुशील कोइराला र भट्टराईबीच कुराकानी भएपछि अपरान्ह तीन दलको औपचारिक बैठक बोलाउने तयारी प्रधानमन्त्रीको छ । ‘सोमबार दिउँसो तीन दलको औपचारिक बैठक गर्ने र गतिरो अन्त्य गर्ने हाम्रो प्रयास छ,’ उनले जानकारी दिए ।
संसद खुलाउने प्रयास सरकारले गरिरहेको उल्लेख गर्दै छिट्टै दलहरुबीच जारी गतिरोध अन्त्य हुने बिश्वास व्यक्त गरेका छन् । उनले सरकार प्रमुखको हैसियतले कांग्रेस, एमालेका शीर्ष नेताहरुसंग छलफल गरी गतिरोध अन्त्य गर्न गृहकार्य थालेको बताउँदै सोमबारसम्म संसद खुल्ने वातावरण बन्ने बताए ।
कांग्रेस, एमालेका नेताहरुसंग छलफल गरेपछि भट्टराईले गतिरोध अन्त्य गरी शान्ति र संविधान निर्माणमा केन्द्रित हुनुपर्ने बताए । कांग्रेस सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनालसंग वरिष्ठ नेताद्वय माधबकुमार नेपाल र केपी ओलीसंग कुराकानी गरेपछि उनले संसद खुल्ने बिश्वास व्यक्त गरेका हुन् । कोइराला र खनालसंग उनले टेलिफोनमा कुराकानी गरेका थिए भने अरु नेतासंग भेटघाट गरी अनौपचारिक छलफल गरेका थिए ।
तपाईको प्रतिक्रिया