Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- नेकपा (एमाले)ले साना वाम घटकहरूसँग कार्यगत एकता र पार्टी एकताका लागि पत्राचार गरेको छ  । पार्टी एकतासम्बन्धी कार्यदलको बैठकले औपचारिक रूपमा पत्र लेख्ने र पहल सुरु गर्ने निर्णय गरेको हो ।
सोमबार सम्पन्न स्थायी कमिटी बैठकले अन्य वामपन्थी समूहसँग एकता गर्ने औपचारिक प्रस्ताव पारित गर्दै वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठन गरेको कार्यदलले उक्त निर्णय गरेको हो । नेता केपी ओली, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल रहेको कार्यदलले आन्तरिक गृहकार्य गर्दै उक्त कार्यान्वयनमा जाने निर्णय गरेको हो ।
यसबारे साना बाम दल चाँही के भन्छन् ?
नेकपा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशी बेसिक आधार भएमा र धोका नदिइएमा भने प्रस्तावले मूर्तरूप पाउने बताउनुभयो । ‘प्रस्ताव राम्रो हो, कम्युनिस्टहरू नजिक हुनुपर्छ । ‘विभाजित भएर लक्ष्य प्राप्त हुँदैन’- उहाँले भन्नुभयो- ‘यसमा भरोसा गर्ने ठाउँ छ, सवाल कसरी क्यास गर्ने भन्ने मात्र हो ।’
नेकपा (माले) का महासचिव सीपी मैनालीले एमालेले थालेको पहललाई ‘सकारात्मक’ को संज्ञा दिनुभयो । ‘मुद्दाहरूमा छलफल र सहकार्य सम्भव हुनुपर्छ । विभिन्न मुद्दाहरूमा वाम दलमा फरक-फरक धारणा रहेकाले पहल थाल्नु सकारात्मक हो । तर, प्रस्ताव कस्तो हो, आधिकारिक रूपमा नआई यसै भन्न सकिन्न’- उहाँले भन्नुभयो- ‘सैद्धान्तिक सवाल र रणनीतिक मुद्दामा मिलनविन्दु हुने भयो भने एकीकरण हुन पनि सक्छ ।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्देश्य खुलेर आएका त्यस्ता प्रस्तावलाई नराम्रो भन्न नमिल्ने बताउनुभयो । ‘उद्देश्य के हो प्रस्ट हुनुपर्‍यो, आफ्नो दुनो सोझ्याउने खालले मात्र प्रस्ताव नआएको भए ठीक हो’- उहाँले भन्नुभयो- ‘एक्लै पार्टी चलाउन पनि नसक्ने र माओवादीमा मिल्न पनि नसक्नेहरूले किन भिन्नभिन्न पसल थापेर बस्नु ? एमालेमै गएको राम्रो’- एमालेसँग सहकार्य भने यथावतै रहेको केसीले बताउनुभयो ।
तपाईको प्रतिक्रिया