Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
टोकियो- नेपाली कांग्रेसकी सभासद् एवं केन्द्रीय सदस्य सीता गुरुङले आफ्नोविरुद्ध केही समयअघि प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएकी छिन् ।
राजधानीको एक साप्ताहिक अखबारमा छापिएको समाचारले आफ्नो चरित्र हत्या भएको भन्दै उनले ‘यस्तो समाचार प्रकाशित गर्नु हुँदैनथ्यो’ भन्ने जिकिरसमेत गरेकी छिन् । उक्त समाचार समुद्रपारि डटकमको ‘पत्रपत्रिका’ स्तम्भमा छापिएको थियो ।
‘म एक राजनीति गर्ने मान्छे हुँ । हरेक अप्ठ्यारा मोडहरुमा संघर्ष गर्दै समाजलाई बदल्ने अठोटका साथ नै राजनीतिमा होमिएको हुँ । यसैले राजनीति त्यसमाथि एउटा नारीले राजनीति गर्नु कति गाह्रो छ भन्ने कुरा सबैले बुझेका छन्,’ विज्ञप्ती जारी गर्दै सभासद् गुरुङले भनेकी छिन्, ‘म पनि अरु राजनीतिकर्मी जस्तै हरेक खालको चुनौतीहरुलाई सामना गर्न तयार छु र हुनुपर्छ । विद्यालयस्तरदेखि राजनीतिको कखरा सिकेकी म २५ वर्षको उमेरमै नेपाल महिला संघ, तेह्रथुम जिल्लाको सभापति भएको इतिहास कसैले मेटाउन सकिदैन होला । त्यसपछि नेपाल महिला संघको केन्द्रीय सचिव हुंदै हाल नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित हुंदा कसैको निगाहा मात्रै थियो भन्ने कुरा कसैले लेखेकै भरमा पत्याइन्छ भने मेरो भन्नु केही छैन ।’
पत्रकारिता वा सञ्चार सूचनाको वाहक रहेको उल्लेख गर्दै उनले सूचना विनाको समाज वा संसारको कल्पनामात्रै पनि गर्न नसक्ने उल्लेख गरेकी छिन् ।  ‘त्ससैले सञ्चार जगतलाई राज्यको चोथौ अंग भनिएको हो । तर यो चौथो अंग भित्रका केही खराब ब्यक्तिहरुले वेला वेलामा कलम र सूचनाको दुरुपयोग गर्ने गरेको छ र त्यसको शिकार यस पल्ट म हुन पुगेको छु,’ उनले भनेकी छिन् ‘त्यस्ता पत्रकारको नाममा पीत पत्रकारिता गर्नेहरुलाई मेरो भन्नु केही छैन । तीनले त्यती जाने त्यही गरे । आर्थिक सहायता नगरेकै कारण कसैको चरित्र हत्या गर्न नाटकीय समाचार तयार गर्ने पत्रकारको कद कति छ त्यो त नेपाली समाजले बुझेकै छन् ।’
समुद्रपारि डटकमको पत्रपत्रिका स्तम्भमा सवै दैनिक तथा साप्ताहिक पत्रपत्रिकामा छापिएका समाचार राख्ने गरिएको छ । यसैक्रममा राखिएको समाचारले सभासद् गुरुङको व्यक्तिगत जीवनमा पर्न गएको समस्याप्रति दुःखी छौं ।
तपाईको प्रतिक्रिया