Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
सुनसरी-एमाले महासचिव इश्वर पोखरेलले माओवादीलाई सहि बाटोमा ल्याउन दबाब सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी सुनसरीले आज इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले माओवादीले शान्ति र संबिधान निर्माणप्रति बिभिन्न बखेडा झिक्दै आएकाले माओवादी बाहेकका सबै शक्ति एक हुनुपर्नेमा जोड दिनुभयो ।
एमाले शान्ति र संबिधान निर्माणको बिपक्षमा नरहेको स्पष्ट पार्दै महासचिव पोखरेलले माओबादीका कारण शान्ति र संबिधान निर्माणको कार्य ओझेलमा परेको आरोप लगाउनुभयो ।
उहाँले माओबादीको शान्ति र संबिधान निर्माण प्रकृया बिरुद्धको गतिविधिका कारण उसैलाई दुर्भाग्य हुने चेतावनी दिनुभयो । चिनारी र सामाथ्र्यका आधारमा राज्यको पुर्नसंरचना हुनुपर्नेमा जोड दिदै महासचिव पोखरेलले एमालेले सधै यसैको पक्षमा उभिएको र उभिरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
माओबादीका हरेक कृयाकलापका कारण तोकिएको समयमा संबिधान हुनेमा आंसंका ब्यक्त गर्दै उहाँले तोकिएको समयमा संबिधान निर्माण नभए यसको दोष माओबादीलाई जाने बताउनुभयो ।
तपाईको प्रतिक्रिया