Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक २४, २०८१
Saturday, November 9, 2024

काठमाडौं- आफ्नै श्रीमती गीता ढकालको हत्या शंकामा सशस्त्र प्रहरी बलका डिआइजी रञ्जन कोइरालाले आफुले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् ।
२७ पुसदेखि सम्पर्कबिहीन भएकी गीतालाई बेपत्ता पार्न कोइराला नै संलग्न भएको शंका गर्दै माइती पक्षले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको थियो। सोही उजुरीका आधारमा काठमाडौं आउँदै गरेका कोइराला आइतबार बिहान थानकोटबाट पक्राउ परेका हुन्।
प्रहरीको काठमाडौं परिसर र अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरीले उनलाई राजधानी बाहिरबाट आउँदै गर्दा नागढुङ्गमा पक्राउ गरेर हनुमान ढोका पुर्‍याएको थियो ।
डिआइजी कोइराला केही समयपछि चीनमा सञ्चालन हुने सुरक्षा तालिमका लागि नेपाल सरकारको तर्फबाट छनौट भएका थिए।

तपाईको प्रतिक्रिया