Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
सर्लाही- एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले सशस्त्र द्वन्द्वको बेला कब्जा भएका जग्गा कुनै पनि हालतमा फिर्ता नहुने बताउनुभएको छ । सर्लाही हरिऔनमा जनमुखी भू–हक संघर्ष समितिले गरेको कार्यक्रममा सचिव गजुरेलले यस्तो बताउनुभएको हो ।
‘जग्गा फिर्ता गर्दै जाने हो भने सरकारले सिंहदरबार पनि फिर्ता गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘सिंहदरबार पनि कुनै बेला राणाहरुको सम्पत्ति थियो ।’ उहाँले सर्लाहीको सागरनाथ बन विकास परियोजनाको जग्गामा सुकुम्बासीहरु बसेकाले त्यहाँबाट उनीहरुलाई उठाउन नहुने जिकिर गर्नुभयो । यदि त्यहाँबाट सुकुम्बासीहरुलाई उठाइयो भने त्यस्को नतिजा राम्रो ननिस्कने सचिव गजुरेलले चेतावनी दिनुभयो ।
पार्टी भित्रको सबै विवाद नमिलेको भन्दै उहाँले केहि बुँदामा मात्रै सहमति भएको दावी गर्नुभयो । उपाध्यक्ष वैद्य पक्षका नेता गजुरेल पुगेको कार्यक्रममा संस्थापन पक्षका नेता–कार्यकर्ता भने उपस्थित थिएनन् । ***
तपाईको प्रतिक्रिया