![cp gajurel](https://samudrapari.com/wp-content/uploads/2012/01/cp-gajurel2.jpg)
सर्लाही- एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले सशस्त्र द्वन्द्वको बेला कब्जा भएका जग्गा कुनै पनि हालतमा फिर्ता नहुने बताउनुभएको छ । सर्लाही हरिऔनमा जनमुखी भू–हक संघर्ष समितिले गरेको कार्यक्रममा सचिव गजुरेलले यस्तो बताउनुभएको हो ।
‘जग्गा फिर्ता गर्दै जाने हो भने सरकारले सिंहदरबार पनि फिर्ता गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘सिंहदरबार पनि कुनै बेला राणाहरुको सम्पत्ति थियो ।’ उहाँले सर्लाहीको सागरनाथ बन विकास परियोजनाको जग्गामा सुकुम्बासीहरु बसेकाले त्यहाँबाट उनीहरुलाई उठाउन नहुने जिकिर गर्नुभयो । यदि त्यहाँबाट सुकुम्बासीहरुलाई उठाइयो भने त्यस्को नतिजा राम्रो ननिस्कने सचिव गजुरेलले चेतावनी दिनुभयो ।
पार्टी भित्रको सबै विवाद नमिलेको भन्दै उहाँले केहि बुँदामा मात्रै सहमति भएको दावी गर्नुभयो । उपाध्यक्ष वैद्य पक्षका नेता गजुरेल पुगेको कार्यक्रममा संस्थापन पक्षका नेता–कार्यकर्ता भने उपस्थित थिएनन् । ***
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, माघ ०८, २०६८
प्रकाशित समय: ११:१०:१३