Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025
काठमाडौं- एक जना चिकित्सकसँग मन्त्री कत्ति रिसाएका रहेछन् भन्ने राजधानीमा भएको एक कार्यक्रममा देखियो ।
गायक युवराज गुरुङको गिती एल्बम विमोचन कार्यक्रमका लागि बोलाइए पनि प्रसुति रोग विशेषज्ञ डा. भोला रिजालको नाम पनि जोडिएपछि संस्कृति मन्त्री गोपाल किराती निक्कै रिसाए । किन त ? कारण रहेछ, बालकको मृत्युको विषयमा ओम अस्पताल घेर्न आफू पनि गएको र  माफी मागेर क्षतिपूर्ति दिन आग्रह गरे पनि डा. रिजालले बेवास्ता गरेका रहेछन् ।
गायक तथा संगीतकार युवराज गुरुङको ‘सुपर डाइमण्ड’ कलेक्सन भिसिडीको विमोचन गर्दै मन्त्री किराँतीले भने, ‘डा. भोला रिजाल नाम गरेका डाक्टरले मेरै गाउँका तेन्जिङ शेर्पाको पहिलो छोरो जन्मिनेक्रममा श्रीमतीको अप्रेशन गरेर बच्चा निकाल्दा बच्चाकै भुँडी काट्दा मृत्यु भयो, हत्या गरियो त्यसको क्षतिपूर्ति पनि दिएनन्, त्यस्तो व्यक्तिको नाम जोडिएका कार्यक्रममा सहभागी हुन्न ।’
एल्बमबारे
गायक तथा संगीतकार युवराज गुरुङको सुपर डाइमण्ड भिसिडीमा डा. भोला रिजालका ७ वटा गीतमा शब्द भरिएका छन् भने एउटा गीतमा रमेश कोइरालाको शब्द रहेको छ ।
भिसिडीमा समेटिएका ८ वटा गीतहरुमा हिमालबाट आए पनि, अब भाले छेकिन्न, आत्मालाई साँक्षी राखेर, बन्द गरौं नेपालीले जस्ता गीत समेटिएका छन् भने संगीत सचिन सिंह, शम्भूजित बास्कोटा, युवराज गुरुङ, प्रदिप बमजन, आलोक श्री र वीरेन शाक्यको रहेको छ ।
आठ वटा गीतमा गायक युवराज गुरुङले स्वर दिएको भिसिडीको बजार प्रबर्धन म्युजिक नेपालले गरेको छ । गायक युवराज गुरुङले भने- ‘गरिब दुःखी, शान्ति र संविधानका विषयमा समेटिएका शब्दहरु छन् मेरा प्रयासलाई सबैले ग्रहण गरिदिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’ ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया