Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आगामी मार्च महिनामा नेपालको भ्रमण गर्ने भएका छन् ।
चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले करिव सवा ४ घण्टाकै लागि भए पनि नेपाल भ्रमण गरेलगत्तै भारतीय प्रधानमन्त्रीको भ्रमण मिति तय भएको हो । भारत भ्रमण गरी फर्किएका उपप्रधानमन्त्री, गृह तथा रक्षामन्त्री विजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्री सिंहले आगामी मार्च महिनामा नेपालको भ्रमण गर्ने वचनबद्धता व्यक्त गरेको दाबी गरे ।
चार दिने भारत भ्रमण पूरा गरी शनिबार राति फर्किएका उपप्रधानमन्त्री गच्छदारले विमानस्थलमा सञ्चारकर्मीहरुसित कुरा भारतीय प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको काम यथासमयमै सम्पन्न हुने र नेपाल राजनीतिक स्थिरताको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गरेको जानकारी दिए।
हतियार सहयोग सुचारु
उनले भारतले लामो समयदेखि रोकेको नेपाली सेनाका लागि आवश्यक पर्ने हातहतियार तथा बन्दोबस्तीका सामानसमेत पुनः सुचारु गर्ने आश्वासन भारत सरकारले दिएको बताए। उनले भने – ‘नेपाली सेनाका लागि भारत सरकारले तत्कालै एएलएच हेलिकप्टर दुईथान उपलब्ध गराउने वचन दिएको छ।’
यसैगरी नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि तत्काल काम सुरु गर्न पनि भारत सरकार तयार रहेको उनले जानकारी दिए।
उपप्रधानमन्त्री गच्छदारले सीमापार अपराध नियन्त्रण, नक्कली मुद्राको ओसारपसारमा र सीमापार आतङ्कवाद नियन्त्रणका लागिसमेत मिलेर काम गर्ने सहमति भएको बताए।
तपाईको प्रतिक्रिया