Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

प्रसन्न मल्ल, बेनीबजार – म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा गत पौषको २९ देखि जारी म्याग्दी महोत्सवको रमझममा अहिले जिल्लाबासीहरु दंग छन् । भोलि माघ ८ गते महोत्सवको अन्तिम दिन बिभिन्न कार्यक्रमहरुको फाइनल चरण सम्पन्न गर्दै महोत्सव समापन गरिने भएको छ ।

यसपालीको म्याग्दी महोत्सवको प्रमुख आकर्षणकोरुपमा हेलिकोप्टर सेवा, हात्ती प्रदर्शनी, जिल्लाका ४१ वटै गाबिसमा उत्पादित कृषिजन्य वस्तुहरुको कृषि मेला प्रदर्शनी, राष्ट्रिय स्तरका कलाकारहरुको साँगीतिक प्रस्तुती र अझ सबैभन्दा धेरैको चासोको केन्द्र बन्न सफल रह्यो लोकदोहोरी प्रतियोगिता ।

महोत्सव अवधिभरका लागि जिल्लाको आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले ल्याईएको फिस्टेल एयरको हेलिकोप्टरबाट सयौंले जिल्लाका बिभिन्न स्थानहरुको अवलोकन गरे । आयोजकले हेलिकोप्टरमा १५ मिनेट उडान भरेको ६ हजार र ३० मिनेटको १२ हजारका दरले शुल्क तोकेको छ ।

यसैगरी लोकदोहोरी प्रतियोगितामा सहभागि हुनका लागि लम्जुङ, पाल्पा, काठमाण्डौं, कास्की लगायतका जिल्लाबाट गरी ११ समुहले सहभागिता जनाएका छन् भने जिरे खुर्सानी टेलिशृँखलामा देखिने कलाकारहरु शिबहरी बैरागी र देबीराम पराजुलीका साथै बिभिन्न राष्ट्रिय स्तरका गायकहरु तिलकबम मल्ल, रामजी खाँड, राधिका हमाल, नबिन पौडेल, राजु गुरुङ, कोमल ओली, कुलेन्द्र विश्वकर्मा, हास्य कलाकार मनोज गजुरेललगायतले आ-आफ्ना प्रस्तुतीहरु प्रस्तुत गरिसकेका छन् ।

महोत्सवमा हास्य कलाकार ज्योती काफ्लेले प्रधानमन्त्री डा. बाबुराम भट्टराई, एमाले नेता केपी ओली लगायतका नेताहरुको क्यारिकेचर गरेर खुबै हँसाए भने अर्का हास्य कलाकार मनोज गजुरेलले देशको समसामायिक विषयको तिखो व्यङ्ग्यले म्याग्देली दर्शकलाई दह्रो खुराक पस्किए । समयमै संविधान बन्न नसकेको, बेनी-मालढुङ्गा सडक खण्ड पिचमा भएको ढिलासुस्ती, लोडसेडिङको समस्या, पेट्रोलियम पदार्थको मुल्य बृद्धिलाई उनले बिषयवस्तु बनाई तिखो व्यङ्ग्य प्रहार गरेका थिए । यसैगरी ज्योती मगर र कुलेन्द्र विश्वकर्माको दोहोरीको मजा लिदैं दर्शकहरु उफ़्रि उफ़्रि नाचे, रमाए ।

यसैगरी महोत्सवका अवसरमा चितवनबाट ल्याइएको पवनकली नामको हात्ती हेर्ने र चढेर मनोरञ्जन लिनेहरुको पनि निकै भिड लागेका कारण आयोजकहरुलाई टिकट बिक्रि गर्न र्भ्याइनभ्याई हुन पुग्यो । आयोजकले महोत्सवको आकर्षणका रुपमा दैनिक २५ हजार रुपैयाँ तिर्नेगरी चितवनबाट हात्ती मगाएको हो ।

महोत्सवमा करिव ४ लाख अवलोकनकर्ताको सहभागिता र करिब सात करोड रुपैंया बराबरको कारोबार हुने अपेक्षा गरिएकोमा महोत्सव सकिनु अगावै सो रेकर्ड तोडिएको महोत्सव आयोजक समितिका मुल संयोजक कुबिरकुमार श्रेष्ठले बताए ।

म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेला अवलोकन गर्नका लागि करिव ५० प्रतिशत जिल्लाबाहिरका दर्शकहरु आएको कुरा पनि शाक्यले जानकारी दिए । महोत्सवले धौलागिरि अञ्चलकै अर्थतन्त्रमा विकास गर्ने उद्देश्य बोकेको हुनाले पनि अहिलेको महोत्सव निकै प्रभावकारी भएको भन्दै म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष जीवन बिश्वकर्माले यसले आयोजकलाई थप उत्साहित तुल्याएको बताए ।

धौलागिरि अञ्चलको आर्थिक, पर्यटन, खानी, शैक्षिक तथा बिबिध क्षेत्रको प्रदर्शनी, प्रचारप्रसार तथा बिक्रिका लागि आयोजना गरिएको महोत्सवका कारण अहिले बेनी बजार नयाँ दुलहीझैं सिंगारिएको छ भने मानिसहरुको भिडभाड र चहलपहल अहिलेसम्मकैमा उच्च रहेको छ । ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया