Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025
विराटनगर- महेन्द्र मोरङ बहुमुखि क्याम्पस विराटनगर स्वतन्त्र विद्यार्थी युनीयनका उपाध्यक्ष तथा अनेरास्ववियू क्रान्तिकारीका जिल्ला कमिटि उपाध्यक्ष देवानन्द यादवलाई प्रहरीले पक्राउ गरेको छ । विहीवार राती विराटनगर ११ मा डेरागरी बस्ने कुन्दन राईमाथि धारीलो हतियारले सांघातिक आक्रमण गरेको अभियोगमा प्रहरीले यादवलाई पक्राउ गरेको हो ।
विहीवार राती १० बजेको समयमा बा १५ प २६४९ नम्वरको मोटरसाइकलमा आउादै गरेका राई र सोही मोटरसाइकलमा पछाडी चढेका भाष्कर राईलाई गौंडो ढुकेर यादवसहित चार जनाको समुहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
आक्रमणका क्रममा यादवले प्रहार गरेको कट्टलिे मोटरसाइकलको सिटको भाग करिव १० इन्च काटिएको प्रहरी निरीक्षक कमल खत्रीले जानकारी दिनुभयो । आक्रमणमा शम्भु यादवपनि साथै रहेको पीडित कुन्दन राईले प्रहरीलाई जानजकारी गराउनुभयो । आक्रमणपछि घाइते भएका कुन्दन राई त्यहाँबाट भाग्न सफल भए भने भाष्कर राईको अवस्था अहिलेपनि अज्ञात रहेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
घटना लगतै प्रहरीले घेराबन्दी गरेपछि भाग्दै गरेका देवानन्द यादव पक्राउ परेका छन् । उनको साथबाट कट्टीलगायतका हतियार पनि बरामद भएको बताइएकोक छ ।
यादवमाथि गएको जेठ १८ गते युवा संघको अगुवाईमा भएको जिल्ला अदालत मोरङको आक्रमणमा पनि संलग्न रहेको आरोप लागेको छ । सोही अभियोगमा उनी ६ महिना पुर्पक्षकालागि कारागारमा थुनामा बसेर गत महिना मात्र छुटेका हुन् ।
विहीवार राती आक्रमणमा परेका कुन्दन राई झुम्का कारागारमा रहेका बन्दी अभिषेक गिरीको तर्फबाट साँक्षीको बयान दिएका व्यक्ति भएको बताइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया