Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

दोहा – नेपाली राजदूतावास दोहा कतारको परिसरमा गत आइतवार साँझ एनआरएन कतारको समन्वयमा अनौपचारिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदूतावासका राजदूत डा. सूर्यनाथ मिश्रले अनिवार्य भिषा अनुप्रमाणन कार्यले गर्दा दूतावासमा कामको चापमा बृद्धि भएको जानकारी गराए ।

दूतावासबाट अनिवार्य भिषा अनुप्रमाणनको नीति लागू हुनु पूर्व दैनिक ८० हजार नेपालीको हाराहारीमा मात्र राजस्व उठ्ने गरेकोमा हालमा आएर दैनिक ४ लाखको हाराहारीमा राजस्व संकलन हुने गरेको जानकारी गराए ।

अत्याधिक चापको कारणले दूतावासमा उचित समयमा सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न नसक्दा आएको समस्यालाई न्युनीकरण गर्न दैनिक ज्यालादारीको रुपमा २ जना कर्मचारी राख्न माग गर्दै नेपालस्थित सम्बन्धित निकायमा दुई पटकसम्म पत्राचार गर्दा पनि कुनै पनि जवाफ नआएपछि एनआरएनको पहलमा सबै संघसंस्थाहरुलाई समेटेर छलफल भएको र समस्या समाधानको विकल्पको खोजी गर्न भइरहेको राजदूतले बताए ।

२०११ मई देखि दूतावासबाट अनिवार्य श्रम स्वीकृति लिनुपर्ने र भिसा अनुप्रमाणन गर्ने नीति कार्यान्वयनमा आएपनि त्यति प्रभावकारी नभएको बताउँदै प्रधानमन्त्री डा. बाबुराम भट्टराई न्युयोर्कको भ्रमण सकेर नेपाल फर्कदै गर्दा दोहाको १ दिने ट्रान्जिट समयमा कतारका सबै समुदायबीच यहि मुद्दामा गहन छलफल भएको पनि उनले स्मरण गराए । गैरआवासीय नेपाली संघको सुरक्षित आप्रवासन र सामूहिक लगानीको नाराको कदर गर्दै एनआरएनको विशेष पहलमा कतारका सबै संघसंस्थासँग हातेमालो गर्दै सहयोगको अपेक्षा गरेको बताए । नीति कार्यान्वयनमा आएपछि प्रकृयागत ढंगबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न नसकेको कर्मचारीको अभावले गर्दा नै भएको भन्दै कामको चापको कारणले गर्दा रोजगारदातालाई पर्न गएको असुविधाप्रति तुरुन्त सम्बोधन गरिनुपर्ने कुरा पनि राजदूतले बताए ।

उक्त अनौपचारिक कार्यक्रममा कतारस्थित विभिन्न संघसंस्था, व्यवशायी तथा समाजसेवीहरुबाट राजदुत डा. मिश्रले राय लिनेक्रममा केहि बक्ताहरुले आफ्नो मन्तव्य राखेका थिए । दूतावासको कार्यशैलीमा बैज्ञानिकीकरण गर्नुपर्ने बताउँदै टोकन दिने कार्य लगायत अन्य कार्यको लागि प्रविधी प्रयोग गरेमा जनशक्तिको अभाव नखट्किने बताउँदै यदि कल्याणकारी कोषलाई दुतावासले सकारात्मक रुपमा लिइदिएको भए यस्ता समस्या आइहालेपनि तुरुन्त निराकरण गर्न सकिन्थ्यो भन्दै कल्याणकारी कोषलाई दुतावासले निरन्तरता देओस् भन्ने माग पनि राखेका थिए ।

दूतावासमा बढेको कामको चाप र सेवाग्राहीलाई सही समयमा सेवा प्रदान गर्न नसक्दा नेपाली दूतावासको छविमा नकारात्मक प्रभाव पर्न जाने देखिएकोले राज्यले दूतावासमा कर्मचारीको दरबन्दी नतोकेसम्म घटिमा ३ महिनादेखि ६ महिनासम्मको लागि अस्थायी रुपमा कर्मचारी राखि २ जना कर्मचारीको तलव भरणपोषणमा आफुले समन्वयकारी भूमिका खेल्न तयार रहेको गैर आवासीय नेपाली संघ दोहाका अध्यक्ष अमृत गुरुङले बताए ।

दैनिक ज्यालादारी तथा अस्थायी रुपमा कर्मचारी राख्ने अभियानलाई सबैले सहर्षताका साथ सहमति जनाएपछि व्यवसायी आर के शर्माले एक जना कर्मचारीको तलव भरणपोषण बापत ६ महिनादेखि ९ महिनासम्म लाग्ने तलव भुत्तानी गर्न आफु मञ्जुर भएको समाचार प्राप्त भएको छ भने व्यवशायी तथा समाजसेवी कोमलसिंहले २५०० रियाल नगद प्रदान गरिसकेका छन् । त्यस्तै गरी व्यवसायी भूपति भट्टराई १००१, एनआरएन आईसीसीका सचिव टिबी कार्की १००० र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष दीपक भेटवालले नगद ५०० एनआरएनका सचिव मार्फत हस्तान्तरण गरिसकेका छन् । त्यस्तै गरी संस्थागतरुपमा सहयोग गर्ने अन्यहरुमा प्रवासी झापाली सम्पर्क मञ्चबाट २०००, जनप्रगतीशील मञ्चबाट १०००, नेपाल लोकतान्त्रिक मञ्चबाट १०००, प्रवासी नेपाली मुस्लिम सेवा समाज १०००, स्याङ्जा सहयोग समाजबाट १००१, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, ९००, नेपाली जनसम्पर्क समिती ५०१, नेपाल प्रवासी जातिय भेदभाव उन्मुलून सेवा समिती ५०१, मोरङ सुनसरी सेवा समाज ५०१, चितवन युवा सेवा समाजबाट ५०१, खोटाङ सेवा समाजबाट ५०१, किराँत प्रवासी राष्ट्रिय मञ्च ३०२, उदयपुर सेवा समाज २४०, सिराहा सेवा समिती २११, पाँचथर सेवा समाज २११, गोरखा सेवा समाज २०१, प्युठान सेवा समाज २०१, पाल्पा सेवा समाज २०० र श्रमिक रेमिट एण्ड कम्पनीबाट २०० रियाल गरी कुल १६६६७ कतारी रियाल मध्येबाट १०८५४ कतारी रियाल नगद संकलन कार्यक्रम स्थलमा नै भईसकेको छ भने ५८१३ उठ्न बाँकी रहेको छ ।

दुतावासमा सिर्जित समस्यालाई दीर्घकालिन समाधानका लागि नेपाल सरकार समक्ष दवाव दिन १५ सदस्यीय दवाव समितीको गठन पनि गरिएको थियो भने अन्त्यमा उक्त अभियानमा सहयोग पुर्याउने सवै संघसंस्था तथा समाजसेवीलाई राजदुत मिश्र तथा गैर आवासीय नेपाली संघ दोहाको अध्यक्ष अमृत गुरुङले धन्यवाद दिएका थिए ।

तपाईको प्रतिक्रिया