Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहाल बिहिबारदेखि नयाँ निवासमा सरेका छन् । बिहीबार पुरानो निवास नयाँ बजारदेखि उनी नयाँ निवास लाजिम्पाटमा सरेका हुन् । पुरानो निवास साँघुरो भएको भन्दै सुरक्षाका दृष्टिले समेत डेरा सर्नुपर्ने भएकाले पार्टीको सल्लाहमा उनी नयाँ स्थानमा सरेका हुन् ।
माओवादी शान्ति प्रक्रियामा आएदेखि नै उनी नयाँ बजारमा बस्दै आएका थिए ।
लाजिम्पाटमा रहेको नयाँ निवास पुरानो भन्दा ठूलो र सुरक्षाका हिसाबले समेत राम्रो भएकाले निवास परिवर्तन गरेको बताइएको छ । नयाँ निवासमा पाँच वर्षका लागि झन्डै १ लाख रुपैयाँ मासिक भाडा तिर्ने सहमति भएको छ ।
तपाईको प्रतिक्रिया