Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- आकर्षक रोजगारीका लागि साइप्रस लगिदिने भन्दै नेपाली दलालहरुद्वारा तान्जानिया पुर्‍याइएका ४ नेपाली कामदारलाई तान्जानियाको प्रहरीले प्रक्राउ गरेको छ। दुई नेपाली दलालसहित उनीहरुलाई गत साता त्यहाँको प्रहरीले पक्राउ गरेको हो।
टुरिस्ट भिसामा तान्जानिया पुर्‍याइएका उनीहरुलाई त्यहाँ काम गरेको थाहा पाएपछि प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्ने कामदारहरुमा बाँसगढी बर्दियाका दीनानाथ अधिकारी र बुटवलका रामप्रसाद पौडेल आत्माराम घिमिरे र कमल गौतम छन् भने विराटनगर घर भएका दलाल अशोककुमार खड्का र अर्का एक जना नाम खुल्न नसेका दलाल पनि पक्राउ परेका छन्। कामदारहरु पक्राउ परेपछि उनीहरुमार्फत होटलमा बसिरहेका दलालहरुलाई पनि त्यहाँको प्रहरीले पक्राउ गरेको थियो।
हाल उनीहरुलाई अनुसन्धानका लागि तान्जानियास्थित केके जेलमा राखिएको अधिकारीलाई उद्धृत गर्दै उनको पारिवारिक स्रोतले बतायो। आफूहरु निर्दोष रहेको भन्दै अधिकारीले परिवारमार्फत आफूहरुको उद्धारका लागि पहल गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
एक महिनाअघि साइप्रस लैजाने भन्दै दलालहरुले उनीहरुलाई भारतको बम्बै हुँदै तान्जानिया पुर्‍याएका थिए।
तपाईको प्रतिक्रिया