Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- व्यवस्थापिका संसदको बैठक शुक्रबार दिउँसो बस्दैछ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा जनसत्ताका निर्णयलाई मान्यता दिने सरकारी निर्णयका विषयमा विपक्षी दलहरुले आज पनि बिरोध गर्ने तयारी गरेका छन ।
यसअघि गत मंगलबार बसेको बैठकमा सरकारले जनसत्ताका निर्णयलाई वैधानिकता दिने निर्णय तत्काल फिर्ता लिई नागरिक सामू माफी माग्नु पर्ने माग गर्दै विपक्षी दलले संसद बैठक अवरुद्ध गरेका थिए ।
सर्वोच्च अदालतले वैधानिकता दिने निर्णय कार्यान्वयन नगर्न भनेपछि आजको बैठक चल्न दिने या नदिने भन्ने विषयमा अन्यौल रहेको काँग्रेस केन्द्रीय सदस्य एवं सभाषद् पुष्पा भुषालले बताउनु भयो ।
सर्वोच्च अदालतले बिहीबार सशस्त्र युद्धका बेला माओवादी जनसत्ताले गरेका जग्गा किनबेचका कामलाई वैधानिकता दिने सरकारी निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको थियो । मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म निर्णय कार्यान्वयन नगर्न नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
तपाईको प्रतिक्रिया