Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
सिरहा – सूचना तथा संचार मन्त्री जयप्रकाशप्रसाद गुप्ताले मधेश प्रदेशसहितको नयाँ संविधान जारी नभए आफूहरुलाई मान्य नहुने चेतावनी दिनु भएको छ ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष समेत रहनु भएका मन्त्री गुप्ताले उत्तर र दक्षिण सीमा भएको संघीय राज्य स्थापनासहितको संविधान जारी गरेमा त्यही दिन संविधानलाई च्यातेर फालिदिने चेतावनी दिनुभयो ।
मधेशी शहीद रमेश कुमार महतो स्मृति प्रतिष्ठानले विहीवार लहानमा आयोजना गरेको पाँचौ बलिदानी दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले आगामी १० दिनभित्र समावेशी विधेयक संसद्मा छलफलका लागि पेश हुने र त्यसमा नेपाली कांग्रेस र एमालेले अवरोध गरे मधेशबाट उनीहरुलाई ‘मटियामेट’ गराई दिने चुनौती दिनुभयो । समावेशी विधेयमार्फत् कांग्रेस एमालेले विगतमा मधेशी नागरिकले लगाएको ऋण चुक्ता गर्नु पर्ने बेला आएको उल्लेख गर्दै विधेयकलाई सदनबाट पारित गराउन सहयोग गर्नु पर्ने गुप्ताले बताउनुभयो ।
समारोहमा मन्त्री गुप्ताले आफ्नो पार्टीको तर्फबाट सिरहाका मधेशी शहीद परिवारका सदस्यहरुलाई ३० हजार रुपैयाँका दरले नगद रकम उपलब्ध गराउनु भएको थियो ।
तपाईको प्रतिक्रिया