Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
सिन्धुपाल्चोक- खाडीचौर बजारमा खसी बेचेर घर फर्कंदै गरेका मांखा-९ का एक वृद्धको अज्ञात समूहले हत्या गरेको छ। घर नजिकको देउराली जंगलमा बिहीबार सबेरै शव भेटिएका ५० वर्षीय यमप्रसाद तिमिल्सिनाको अपहरणपछि हत्या गरिएको अनुमान प्रहरीले गरेको छ।
घटनास्थल पुगेको प्रहरी टोलीको प्रारम्भिक अनुसन्धानले बुधबार राति नै उनको अपहरणपछि हत्या भएको देखाएको छ। बुधबार बिहान खाडीचौरमा खरी बेचेर फर्केका उनी घर नआएपछि परिवारले खोजी गर्दा बिहीबार मिर्मिरेमै घरबाट आधा घण्टा दूरीको जंगलमा शव फेला पारेको हो। घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय बाह्रविसेको टोली बिहान ६ बजेतिर देउराली जंगल पुगेको थियो।
बाह्रविसेका इन्स्पेक्टर बालाजी रायमाझीका अनुसार मृतकको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ भने जुत्ताको तुना काटिएको छ। ‘घटनास्थलको प्रकृति हेर्दा कुटपिट गरेर भीरबाट खसाली दिए जस्तो देखिन्छ,’ त्यहाँ पुगेको प्रहरी टोलीले बतायो। पोष्टमार्टमका लागि मृतकका शव प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा राखिएको छ।
तपाईको प्रतिक्रिया